जनकपुरधाम। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालन गर्न सबैपक्षलाई गम्भीर हुन आग्रह गरेको छ। निर्वाचन आयोग र नेपाल कानुन समाजले जनकपुरधाममा गरेको कार्यक्रममा निर्वाचन आयुक्त सगुन शम्शेर जबराले यस्तो आग्रह गरेका हुन्।
‘आयोग कसैलाई पनि कारबाही गर्न इच्छुक छैन, आयुक्त जबराले भने, ‘तर निर्वाचन आचारसंहिता उल्लघंन भइरहे आयोग चुप लागेर बस्दैन, अब स्पष्टीकरण मात्र सोधिने होइन जरिवाना पनि गर्न सुर गरिसकेका छौँ।’