काठमाण्डाै - कतिपय सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता विपरीत दल र उम्मेदवारका पक्ष वा विपक्षमा सामग्री प्रकाशन र प्रसारण गरेको भन्दै निर्वाचन आयोगले सचेत गराएको छ ।
चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय तुल्याउन समाजका सबै पक्षको योगदान हुन आवश्यक रहेकाले यो वा त्यो पक्षको जित वा हार निश्चित भन्ने आशयले पूर्वानुमानयुक्त सामग्री प्रकाशन र प्रसारण नगर्न आयोगले आग्रह गरेको हो ।
आचारसंहिता विपरीत सामग्री प्रकाशन र प्रसारण गर्ने केही सञ्चारमाध्यमविरुद्ध परेको उजुरी र जानकारीका आधारमा स्पष्टीकरण माग गरिएको र आच...