कार्यान्वयनको प्रक्रियामा खुुला कारागार

नेपालको पहिलो पटक खुला कारागार निर्माण भएको छ । संवत् १९७१ बाट नेपालमा कारागारको इतिहास सुरु भएको हो । कारागारको इतिहासको १०६ वर्षमा पहिलो पटक खुला कारागारको अवधारणा कार्यान्वयनमा आएको हो । कोरोनाको उच्च जोखिम कारागारमा समेत रहेको बेला यो अवधारणा कार्यान्वयन भइरहेको छ । खुला कारागारसम्बन्धी ऐन र नियमावली बनेको आधा शताब्दीभन्दा बढी समयपछि बाँके जिल्लामा खुला कारागार निर्माण सम्पन्न भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । कारागार ऐन, २०१९ र नियमावली, २०२० मा खुला कारागारसम्बन्धी व्यवस्था गरिएको थियो । समाजसँग नजिक रहेर कैदीको आचरणमा सुधार ल्याउन तथा कैदबाट छुटेका व्यक्तिलाई समाजमा घुुलमिल गराउन समस्या नहोस् भन्ने उद्देश्यसहित बाँकेको गनापुर भन्ने ठाउँमा खुला कारागारको निर्माण सम्पन्न भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

६ महिनामा ५,३६४ जना पक्राउ, १ अर्ब १९ करोड भन्दा बढी जरिवाना असुल

काठमाडौं :  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे। जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१ चैत १७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई सजाय कार्यान्वयनको क्रममा कारागार कार्यालय सिन्धुपाल्चोकमा थुनामा रहेका थिए। २०७२ वैशाख १२ गतेको भूकम्पपछि भत्किएको कारागारबाट भागी, अन्य थुनुवा-कैदीलाई भगाई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले कास्की विजयपुरबाट पक्राउ गरेको

दुई हजार कैदीले जेल बाहिरै बस्ने सुविधा पाउँदै

१४ कात्तिक, काठमाडौं । खुला कारागारको अवधारणा अन्तर्गत पहिलो चरणमा करिब दुई हजार कैदीले जेलबाहिर बस्ने सुविधा पाउने भएका छन् । गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार खुला कारागार व्यवस्थापन कार्यसञ्चालन कार्यविधि बनेर कार्यान्वयनको चरणमा पुगेको छ । ‘पहिलो चरणमा दुई हजारले सुविधा पाउँदैछन्’ सहसचिव भट्टराईले मंगलबार प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको […]

बहुविवाह मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

झापा , बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले उनीहरूलाई सोमबार पक्राउ गरी मंगलबार जिल्ला अदालतमा उपस्थित गराएको हो । पक्राउ पर्नेमा शिवसताक्षि नगरपालिका १० का ३७ वर्षीय मोहन शम्शेर योङ्हाङ र सोही ठाउँकी २७ वर्षीय पुजन सेलिङ अधिकारी रहेकी छन् । उनीहरूलाई फैसला कार्यान्वयनको लागि कारागार पठाइएको […]

खुला कारागार अवधारणा, कार्यान्वयन होला त विधेयक?

काठमाडौं, साउन १० । खुला कारागारको अवधारणा कार्यान्वयनको कानुन बनेको चार वर्षपछि प्रतिनिधि सभाले पुनः उक्त अवधारणा कार्यान्वयनको नयाँ विधेयक पारित गरेको छ। फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनमै खुला कारागारको अवधारणा भए पनि हालसम्म कार्यान्वयनमा आएको छैन। ऐन २०७५ भदौ १ गतेदेखि नै कार्यान्वयनमा आए पनि उक्त व्यवस्था भने राजपत्रमा सूचना प्रकाशन भएपछि […]

खुला कारागार अवधारणा, कार्यान्वयन होला त विधेयक ?

खुला कारागारको अवधारणा कार्यान्वयनको कानुन बनेको चार वर्षपछि प्रतिनिधि सभाले पुनः उक्त अवधारणा कार्यान्वयनको नयाँ विधेयक पारित गरेको छ। फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनमै खुला कारागारको अवधारणा भए पनि हालसम्म कार्यान्वयनमा आएको छैन।

रोल्पा कारागार घटनाबारे गृहमन्त्रीलाई छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौँ । रोल्पा कारागारमा रहेका कैदीबन्दी सुन्दर हरिजनको जेल स्थानान्तरण र आत्महत्याबारे सत्यतथ्य बुझ्न गठन गरिएको छानबिन समितिले बुझाएको प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँणले बुझेका छन्। उनले प्रतिवेदनमा समेटिएका विषय कानूनअनुसार कार्यान्वयनको प्रक्रियामा लगिने पनि बताए। रोल्पा कारागारमा जेठ ४ गते कैदी हरिजनले आत्महत्या गरेको घटना सम्बन्धमा मन्त्रालयका सहसचिव सूर्य सेढाई नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझाएको […]

हरिजन आत्महत्या प्रकरण : छानविन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

रोल्पा जिल्ला कारागारमा कैदी सुन्दर हरिजनले गरेको आत्महत्याबारे छानविन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ । उक्त घटनाका सम्बन्धमा मन्त्रालयका सहसचिव सूर्य सेढाई नेतृत्वको समितिले स्थलगतरूपमा सत्यतथ्य छानविन गरी तयार पारेको प्रतिवेदन मङ्गलबार गृहमन्त्री खाणलाई बुझाएको हो । गृहमन्त्री खाणले कैदी हरिजनको जेल स्थानान्तरण र आत्महत्याबारे तयार भएको प्रतिवेदनमा समेटिएका विषय कानुन अनुरुप कार्यान्वयनको प्रक्रियामा लगिने बताएका छन् ।रोल्पा कारागार कार्यालयमा गत जे

कैदी हरिजनको आत्महत्यामा कारागार प्रशासनको कमजोरी – छानबिन प्रतिवेदन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कैदी सुन्दर हरिजनको जेल स्थानान्तरण र आत्महत्याबारे तयार भएको प्रतिवेदनमा समेटिएका विषय कानुन अनुरुप कार्यान्वयनको प्रक्रियामा लगिने बताएका छन्। गृहमन्त्री खाणले रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कैदी हरिजनले झुण्डिएर आत्महत्या गरेको घटना सम्बन्धमा मन्त्रालयका सहसचिव सूर्य सेढाई नेतृत्वको समितिले स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी तयार पारेको प्रतिवेदन बुझ्दै घटनामा […]

अप्राकृतिक मैथुन मुद्दामा फरार युवक पक्राउ

अप्राकृतिक मैथुन मुद्दामा फरार रहेका २४ वर्षीय सुक्लो सोरेनलाई प्रहरीले पक्राउ गरेको छ । २०७५ साल फागुन १ गते  उच्च अदालत बिराटनगरले सोरेनलाई दोषी ठहर गर्दै सजाय सुनाएपछि उनी फरार रहेका थिए ।उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरी फैसला कार्यान्वयनको निमित्त झापा जिल्ला अदालत चन्द्रगढी भद्रपुरमा उपस्थित गराएको हो । कैद भुक्तानको लागि उनलाई कारागार कार्यालय चन्द्रगढी पठाउने अदालतको आदेश बमोजिम हाल सोरेनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरी