काठमाडौं (अस) । नेपाल नागरिक उड्डयन प्राधिकरणको चालू आर्थिक वर्षको बजेट मध्य पारित भएको छ । आइतवार बसेको सञ्चालक समितिको बैठकले रू. ४३ अर्ब ६० करोड बजेट पारित गरेको हो । चालू आर्थिक वर्षको साढे ५ महीनामा प्राधिकरणको बजेट पारित भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अध्यक्षतामा बसेको बैठकले पारित गरेको उक्त बजेटमध्ये निर्माणाधीन विमानस्थलका लागि बढी विनियोजन गरिएको छ ।