युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले विकास निर्माणका लागि आएको बजेट फ्रिज नगरी तीव्रताका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा भएको जिल्लाका कार्यालयका प्रमुखहरूसँगको बैठकमा मन्त्री अथकले यस्तो निर्देशन दिएका हुन् ।
विकास निर्माणको अवस्था र आइपरेका समस्या र समाधानको उपाय खोजी गर्ने उद्देश्यले आयोजना गरिएको बैठकमा मन्त्री अथकले विकास निर्माणको ठेक्का लिएका निर्माण कम्पनीहरूले ठेक्का पाइसकेपछि काम नगर्ने र ढिलासुस्ती गर्ने प्रचलनले विकासको गति पछि धकेलिएको ...