ट्रयाक खुलेको १५ वर्षपछि ग्रामीण सडक स्तरोन्नति

ढोरपाटन (बागलुङ)- १५ वर्ष अगाडि गलकोटका स्थानीयले रकम संकलन गरेर निर्माण गरेको ग्रामीण सडक स्तरोन्नति हुन थालेको छ । गलकोट नगरपालिका–२ को नरेठाँटीबाट वडा नं ६ को मजुवा जोड्ने गरी विसं २०६५ मा ट्रयाक खुलेको यस वर्ष गत मङ्सिर महिनादेखि स्तरोन्नति गर्न थालिएको हो । मध्यपहाडी लोकमार्गको रङ्गेनीबाट तोरीखोला–ठ...

सम्बन्धित सामग्री

पर्वतका ग्रामीण सडक स्तरोन्नति गरिँदै

११ असोज, पर्वत । जिल्लाका ग्रामीण सडकको धमाधम स्तरोन्नति थालिएको छ । सडक सुधार र स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८४ करोड रुपैयाँ विनियोजन गरेर काम सञ्चालन भएको हो । प्रदेश सरकारअन्तर्गतको भौतिक …

ग्रामीण सडक प्राथमिकतामा

तानसेनका स्थानीय तहले ग्रामीण भेगका सडक स्तरोन्नति गर्ने काम थालेका छन् । स्थानीय तहहरूले प्रदेश र सङ्घीय सरकारसँगको सहकार्यमा ग्रामीण क्षेत्रका सडक स्तरोन्नति गर्न थालेका हुन् । जिल्लाको रैनादेवी छहरा गाउँपाालिका र बगनासकाली गाउँपालिकाले ग्रामीण भेगका सडकलाई बाह्रै महिना सञ्चालन गर्न सकिने गरी सडक स्तरोन्नतिको काम थालेका हुन् । जिल्लाको पश्चिम भेगमा रहेको रैनादेवी छहरा गाउँपालिकाले चालु आव २०८०/८१ मा गाउँपालिकाको गौरवको आयोजना अन्तर्गत सडक कालोपत्रे गर्ने काम अगाडि बढाएको छ । रैनादेवी छहराले गौरवको आयोजना अन्तर्गत छहरा–धजाबान्ने–तानसिङ्गल–सातमुरे सडक कालोपत्रे सुरु गरेको हो । यो वर्ष चार करोड दुई लाख ७८ हजार रुपियाँमा डेढ किलोमिटर सडक कालोपत्रेको काम अगाडि बढाइएको छ । चालु आवमा गाउँपालिकाको ५० र सङ्घीय सरकारको ५० प्रतिशत लागतमा सडक स्तरोन्नति गरिएको गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले जानकारी दिनुभयो । ग्रामीण भेगका सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने समस्या समाधान गर्न कालोपत्रे गरिएको उहाँले बताउनुभयो । सडक कालोपत्रे गरेपछि रैनादेवी छहराका वडा नं. ४, ३, २ र १ का बासिन्दालाई हिउँद र बर्खामा यात्रा गर्न सहज हुने छ । यस्तै अर्घाखाँची जाने यात्रुका लागि

ग्रामीण सडक स्तरोन्नति हुन नसक्दा जोखिमपूर्ण यात्रा

राजमार्गदेखि उत्तरतर्फका पहाडी क्षेत्रतर्फ जाने ग्रामीण सडकको अवस्था जीर्ण भएकाले यस क्षेत्रमा वर्षेनी दुर्घटनामा वृद्धि हुँदै गएकाे छ ।

ट्रयाक खुलेको १५ वर्षपछि ग्रामीण सडक स्तरोन्नति

पन्ध्र वर्ष अगाडि गलकोटका स्थानीयले रकम सङ्कलन गरेर निर्माण गरेको ग्रामीण सडक स्तरोन्नति हुन थालेको छ । गलकोट नगरपालिका–२ को नरेठाँटीबाट वडा नं ६ को मजुवा जोड्ने गरी विसं २०६५ मा ट्रयाक खुलेको यस वर्ष गत मङ्सिर महिनादेखि स्तारोन्नति गर्न थालिएको हो ।

म्याग्दीका पाँचवटा ग्रामीण सडक स्तरोन्नति गरिँदै

म्याग्दीका पाँचवटा ग्रामीण सडक स्तरोन्नति गरिने भएको छ । सडक स्तरोन्नतिका गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा करिब २० करोडभन्दा बढी बजेट विनियोजन गरेको छ ।

तीन वर्षदेखि प्राविधिक नहुँदा पूर्वाधारका काम प्रभावित

१७ मङ्सिर, पर्वत । भौतिक विकास निर्माण तथा पूर्वाधारसम्बन्धी काम गर्ने प्रमुख कार्यालयको रुपमा रहेको पूर्वाधार विकास कार्यालय पर्वत लामो समयदेखि प्राविधिकविहीन छ । दरबन्दी अनुसारका प्राविधिक नहुँदा सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, ग्रामीण सडक स्तरोन्नति तथा खेलमैदान निर्माणलगायतका चालु आर्थिक वर्षका एक सय ७२ योजना प्रभावित बनेका छन् । पूर्वाधार विकास कार्यालय विगत तीन […]

ट्र्याक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति गरिँदै

बागलुङको गलकोट नगरपालिका–७ मल्म र वडा नं १० पाण्डपखानी जोड्ने ग्रामीण सडक बर्खाको समयमा तीन महिना बन्द हुन्छ । सडक बन्द हुँदा स्थानीयले सास्ती खेप्नुपरेको थियो ।अब यो सडक बर्खाको समयमा पनि चल्नेछ । सडकलाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नतिको काम सुरु भएको छ । मल्मदेखि पाण्डवखानीसम्मको करिब पाँच किलोमिटर कच्ची सडक स्तरोन्नति हुने भएपछि […]

ट्र्याक खुलेको १६ वर्षपछि बागलुङमा सडक स्तरोन्नति गरिँदै

काठमाडौँ- बागलुङको गलकोट नगरपालिका ७ मल्म र वडा नं १० पाण्डपखानी जोड्ने ग्रामीण सडक बर्खाको समयमा तीन महिना बन्द हुन्छ । सडक बन्द हुँदा स्थानीयले सास्ती खेप्नुपरेको थियो । अब यो सडक बर्खाको समयमा पनि चल्नेछ । सडकलाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नतिको काम सुरु भएको छ । मल्मदेखि पाण्डवखानीसम्मको करिब पाँच किलोमिटर कच्ची सडक […]

साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक स्तरोन्नति तीव्र, ७०% काम पूरा

माघ १८, खोटाङ । साकेला गाउँपालिकाबाट छिमेकी जिल्ला भोजपुर जोड्ने साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक स्तरोन्नतिको काम तीव्रगतिमा अगाडि बढाइएको छ ।  प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय प्रदेश नं १ अन्तर्गत पूर्वाधार विकास आयोजना कार्यालय उदयपुरको रू. ३२ करोड ३६ लाख लगानी रहेको उक्त सडकको २८ किलोमिटर सडकखण्ड स्तरोन्नति थालिएको हो । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्गका रूपमा निर्माण गरिएको उक्त सडकमा अहिले सवबेसको काम धमाधम भइरहेको छ । दिवा–आजाद जेभी बानेश्वर काठमाडौंले ठेक्का लिएको उक्त सडक स्तरोन्नतिको काम करीब ७० प्रतिशत पूरा भएको ठेकेदार कम्पनीले जानकारी दिएको छ ।  स्तरोन्नतिको काम भइरहेको सडकखण्डमा दोहोरो गाडी सञ्चालन हुने गरी सडक फराकिलो पार्ने, नाली निर्माण गर्ने तथा जाली भर्ने काम सम्पन्न भइसकेको ठेकेदार कम्पनीका प्रतिनिधि प्रेम मल्लले बताए ।  ‘स्ट्रक्चरको काम सम्पन्न भएका ठाउँमा पहिलो लेयरको ग्राभेल गर्ने काम भइरहेको छ’, उनले भने, ‘अहिले दक्ष जनशक्तिसहित करीब ७५ देखि ८० कामदार लगाएर तीव्रगतिमा सडक स्तरोन्नतिको कामलाई अगाडि बढाइएकाले आगामी जेठ मसान्तभित्र सबै काम सम्पन्न गरेर सम्बन्धित कार्यालयलाई बुझाउने तयारी गरेका छौँ ।’ विसं २०७६ मंसिर ३० गते सम्झौता भएर स्तरोन्नतिको काम शुरु गरिएको सडकको भौतिक प्रगति हेर्दा तोकिएको समयभन्दा अगाडि सम्पन्न हुने देखिन्छ । सडक स्तरोन्नतिको काम सम्पन्न गर्नुपर्ने मिति विसं २०७९ मंसिर मसान्तसम्म रहेको ठेकेदार कम्पनी र पूर्वाधार विकास आयोजना कार्यालय उदयपुरसँगको सम्झौतामा उल्लेख छ । सडक स्तरोन्नतिको काम तीव्रगतिमा भइरहे पनि उक्त सडकको गुणस्तरमा कमी भएको स्थानीय बासिन्दाले गुनासो गर्दै आएका छन् । स्थानीय बासिन्दाबाट गुणस्तरहीन निर्माण सामग्री प्रयोग भइरहेको गुनासो आएपछि तत्काल ठेकेदार कम्पनीलाई लिखितरूपमै पत्राचार गरेर गुणस्तर कायम गर्न र स्तरोन्नतिको काम छिटो सम्पन्न गर्न आग्रह गरिएको गाउँपालिकाले जानकारी दिएको छ । स्तरोन्नति भइरहेको उक्त सडक सञ्चालनमा आएपछि भोजपुरको टेम्केमैयुङ र रामप्रसाद राई गाउँपालिका तथा खोटाङको साकेला र खोटेहाङ गाउँपालिकाका यात्रु सहजरूपमा राजधानी काठमाडौंलगायतका जिल्ला आवतजावत गर्न पाउने गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए ।  ‘स्तरोन्नति भइरहेको सडक छिटो सम्पन्न गराउन र गुणस्तर कायम गराउन गाउँपालिकाको तर्फबाट निरन्तर अनुगमन गरेर खबरदारी गर्ने काम भइरहेको छ’, उनले भने, ‘अन्य योजनामा भन्दा साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक छिटो र गुणस्तरीय हुने अपेक्षा गरेका छौँ ।’  गाउँपालिकाभित्र निर्माण गरिएका अन्य सडकसमेत हिउँद तथा वर्षा बाह्रै महिना सञ्चालन हुने गरी स्तरोन्नति गर्ने काम भइरहेका छन् । गाउँपालिकाको आफ्नै लगानीमा अन्य सडकभन्दा पहिलो प्राथमिकतामा राखेर बाँझेच्यानडाँडा–मानेभञ्ज्याङ–छितापोखरी र कात्तिके–रतन्छा–बाँझेच्यानडाँडा सडक स्तरोन्नतिको काम तीव्रगतिमा अगाडि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन मगरले बताए । साकेला गाउँलालिकामा निर्माण गरिएका अधिकांश ग्रामीण सडकमा हिउँद वर्षा बाह्रै महिना यातायात सञ्चालन हुने गरेको छ । गाउँपालिकाभित्र निर्माण गरिएका सबै सडकमा बाह्रै महीना सहजरूपमा यातायात सञ्चालन भएपछि यात्रु तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत सहज भएको स्थानीय बासिन्दा एवम् नेकपा (माओवादी केन्द्र) गाउँपालिका समितिका सचिव नवीन राईले बताए ।  जिल्लाको सबैभन्दा सानो (पाँचओटा मात्रै वडा रहेका) स्थानीय तह उक्त साकेला गाउँपालिकामा ‘एक वडाबाट अर्को वडा तथा एक गाउँबाट अर्को गाउँ’ जोड्ने गरी सडक निर्माण गरिएका छन् ।  साकेला गाउँपालिकालाई मध्यपहाडी लोकमार्ग तथा जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दिक्तेल–खोटाङबजार हरित सडकले समेत छोएको छ ।  गुणस्तरीय ग्रामीण सडक निर्माणमा अन्य स्थानीय तहभन्दा अगाडि देखिएको साकेला गाउँपालिका जोड्ने साप्सुखोलामा यसअघि नै मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याइ सकिएको छ ।  राष्ट्रिय सडक सञ्जाल गाउँपालिकाका हरेक गाउँमा जोडिएसँगै स्थानीय कृषकले उत्पादन गरेका कृषि उपज निर्यातमा सहज भएको गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताए । रासस

राष्ट्रिय प्राथमिकताप्राप्त सडक स्तरोन्नति - Naya Patrika

सरकारले ०७२ सालसम्ममा देशभर ६ हजार किलोमिटर ग्रामीण सडक निर्माण गर्ने लक्ष्य लिएको थियो । तर, ०७४ सालसम्ममा ५८ हजार ८ सय किलोमिटर बने । यद्यपि, त्यसमा करिब २ हजार...पूरा पढ्नुहोस् »