ग्रामीण सडक मर्मत र पक्की पुलसमेत बनाएपछि मुख्य राजमार्ग ११ किमि छोटिएको छ । गलकोट नगरपालिका–२ को नरेठाँटीदेखि तोरीखोला हुँदै रगेनी निस्कने सडक स्तरीय भएपछि मध्यपहाडी लोकमार्गको यात्रा छोटिएको हो । यो सडक बनेपछि मध्यपहाडी लोकमार्गको विकल्पका रूपमा उपयोग हुन थालेको छ ।