भारी वर्षाका कारण गलकोट नगरपालिकामा करोडौंका संरचना बगाएको छ । दर्जन बढी घर भत्केका छन् । केही चौपाया मरेका छन् भने दुई दर्जन घरपरिवार बिस्थापित भएका छन् । नगरको वडा १, २, ३, ४, ५ र ६ मा सबैभन्दा बढी क्षति भएको गलकोट नगरपालिका विपत् व्यवस्थापन समितिका संयोजक फमबहादुर खत्रीले बताए ।