अंग्रेजी नयाँ बर्ष २०२१ मनाउनका लागि घलेगाउँ आएका आन्तरिक पर्यटकले होमस्टे भरिभराउ भएको छ । अंग्रेजी नयाँ बर्षलाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टे तिर आएका...
लमजुङ – लमजुङ समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण क्व्होलासोथार गाउँपालिका–३ स्थित घलेगाउँ घरबासमा यतिबेला पर्यटक चहलपहल हुन थालेको छ। तिहारपछि यहाँ दैनिक सयदेखि चार सय जनासम्म पर्यटक आउन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले बताए। उनले भने, “पर्यटक वृद्धि हुँदा घरबास सञ्चालक यतिबेला उनीहरुको […]
२० मंसिर, लमजुङ । लमजुङ समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण क्व्होलासोथार गाउँपालिका-३ स्थित घलेगाउँ घरबासमा यतिबेला पर्यटक चहलपहल हुन थालेको छ । तिहारपछि यहाँ दैनिक सयदेखि चार सय जनासम्म पर्यटक आउन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले बताए । उनले भने, ‘पर्यटक वृद्धि हुँदा […]
प्राय: उस्तै बनोटका घर । सबै घर रातो जस्ताले छाइएका छन् । टाढैबाट नियाल्दा गुचुमुच्च झैँ देखिने बस्ती। मुसुक्क मुस्कुराएका हिमाल समीपमै रहेको लमजुङको सुन्दर घलेगाउँ। घलेगाउँ पुगेर यहाँको प्रकृति र संस्कृति नियाल्दा मन र नयन दुवैलाई आनन्दित तुल्याउँछ । खुलेको यो मौसममा घलेगाउँको प्राकृतिक सौन्दर्यले जो कोहीलाई भुतुक्कै बनाउँछ । त्यसैले त यस गाउँमा सयौँ संख्यामा पर्यटक आइरहन्छन् । घलेगाउँको प्रकृति र संस्कृतिसँग प्रत्यक्ष साक्षात्कार गर्न ।
नेपालकै पहिलो सुखी गाउँ घोषित घलेगाउँमा अहिले दैनिक गाउँम...
पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ। घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा गर्ने कार्यक्रम तय भएको बताए।...
लमजुङ - २०४० को दशकसम्म दुर्गम, पिछडिएको र गरिब गाउँको रुपमा चिनिन्थ्यो, लमजुङको घलेगाउँ । गाउँमा होमस्टे सञ्चालन भएसँगै अहिले यहाँका नागरिकको जीवनस्तर उकासिएको छ । घलेगाउँका कोही होमस्टे सञ्चालनमा जुटेका छन् त कोही कृषिजन्य उत्पादनमा होमिएका छन् ।
त्यसो त ग्रामीण पर्यटनको विकासबाट घलेगाउँलाई आत्मनिर्भर बनाउन २०५७ वैशाख २३ गते प्रथम घलेगाउँ महोत्सवको आयोजना गरी १२ वटा घरबाट घरबास (होमस्टे) सुरुवात गरिएको हो ।
घलेगाउँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन पहिलो पटक २०५८ वैशाखमा घलेगाउँ कला महोत्सवक...
स्मार्ट भिलेज अवधारणासहित अघि बढेको सार्क राष्ट्रकै नमुना लमजुङको ग्रामीण पर्यटकीय घलेगाउँ अब सुखीगाउँ घोषणा हुने भएको छ । घलेगाउँ पर्यटन विकास समितिले सदरमुकाम बेसीसहरमा पत्रकार सम्मेलन गरी घलेगाउँलाई सुखीगाउँ घोषणा गर्न लागिएको जनाएको हो ।व्यावसायिक पर्यटन सुरु गरेको २० वर्षपछि स्थानीय आफैंले सुखीगाउँ घोषणा गर्न लागेका हुन् । २०५७ सालबाट ग्रामीण पर्यटनको कदम चालेको […]
– जनक श्रेष्ठ लमजुङ, १७ मङ्सिर: समुन्द्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण दक्षिण एशियाकै नमूना घलेगाउँ यतिबेला पर्यटकको रोजाइमा पर्न थालेको छ । क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा आन्तरिक पर्यटकले यहाँ सञ्चालन गरेका घरबास (होमस्टे) भरिभराउ हुन थालेका छन् । गत वर्ष यस समयमा कोरोना सङ्क्रमणको जोखिमका कारण सुनसान रहेको घलेगाउँ यस […]
समीर सिंह ।।
सेतै हिमालले घेरिएको रमणीय घलेगाउँ एकचोटी पुग्ने इच्छा थियो । ग्रामीण पर्यटनबाट आर्थिक उन्नति गर्न सक्ने नेपालका केही सीमित गाउँमध्ये घलेगाउँ पनि एक हो । घलेगाउँको सुन्दरता, ग्रामीण पर्यटन, घलेजातिको कला, संस्कृति तथा इतिहास आदिको बारेमा थुप्रै उत्सुकता थिए । ती उत्सुकता मेटाउन पनि एकचोटी घलेगाउँ पुग्नैपर्छ भन्ने इच्छा तथा चाहना थियो । अन्ततः त्यो इच्छा पूरा भयो । अक्सफोर्ड स्कुलका कक्षा १२ का समाजशास्त्र समूहका विद्यार्थीलाई लिएर घलेगाउँ पुगेरै छाडियो ।
मेरो पेशा भनेको विद्यार्थीलाई पढाउनु पनि हो । कक्षा १२ मा समाजशास्त्रको पढाइ अन्तिम अन्तिम भइरहेको थियो । प्रयोगात्मक पाठ्यभार पूरा गर्नका लागि छलफल भइरहेको थियो । त्यो पाठ्यभार पूरा गर्नका लागि कुनै विशिष्ट ठाउँको सामाजिक अध्ययन–अनुसन्धान गर्नुपर्ने हुन्छ । समाजशास्त्रलाई अनुसन्धानसित कसरी जोड्ने ? सामाजिक जटिलताको कसरी चिरफार गर्ने तथा सामाजिक विश्लेषणका आधारमा नयाँ सोचको कसरी निर्माण गर्नेलगायतका प्रश्न हल गर्न पनि प्रयोगात्मक पाठ्यभारको क्रमबाट अगाडि बढ्नैपर्ने हुन्छ । त्यही उद्देश्य पूरा गर्न घलेगाउँको अध्ययन भ्रमणको योजना बनाइयो र हामी त्यसको तयारीमा लाग्यौँ ।
समाजशास्त्र विषयमा पढेका सैद्धान्तिक कुराले मात्र पर्याप्त ज्ञान प्राप्त हुन सक्दैन । समाजमा राम्रा कुरा के हुन् ? नराम्रा कुरा के के हुन् ? समाजभित्रका विकृति र विसङ्गति के के हुन् ? यी विसङ्गति क्रमशः हटाउँदै कसरी समाज परिवर्तनको दिशातर्फ अगाडि बढ्न सकिन्छ ? यस्ता थुप्रै व्यावहारिक प्रश्नप्रति पनि विद्यार्थी जानकार हुनुपर्दछ । समाजमा कायम रहेका परम्परागत मूल्य र मान्यतामा मात्र सीमित हुनु सही कुरा होइन । अझ सचेत विद्यार्थीले त समाजलाई वैज्ञानिक अध्ययन–अनुसन्धानसित जोड्दै अगाडि बढ्नुपर्ने हुन्छ । समाजको तेजिलो आँखाको रूपमा उनीहरूले आफूलाई स्थापित गर्नुपर्दछ । अहिलेको नेपालको सामाजिक परिस्थितिको विश्लेषण गर्दा पनि यस्ता प्रश्न हल गर्नसक्ने तथा स्पष्ट दृष्टिकोण भएका विद्यार्थीको खाँचो छ । ती विद्यार्थी आफ्नो व्यक्तिगत जीवनमा मात्र सीमित नभएर समाजलाई नयाँ बाटोमा डोराउन सक्ने हुनुपर्दछ । त्यस प्रकारको सामाजिक तथा व्यावहारिक शिक्षाले नै युवा तथा बौद्धिक शक्तिको ...