निर्वाचन आयोग पुगेका कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रवासी नेपालीको मताधिकार सुनिश्चित हुनुपर्ने, मतदाता नामावली संकलनलाई व्यवस्थित गर्नुपर्ने तथा निर्वाचन आचारसहिंतालाई व्यवहारिक बनाउनुपर्नेलगायतका विषयमा ध्यानाकर्षण गराएका छन् ।