नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले देशमा फाँसीवादी शासन चलिरहेकोले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचन खारेज गरिनुपर्ने बताए। यो संसदीय व्यवस्था नेपाली जनताको व्यवस्था नभएकोले निर्वाचन खारेज गरिनुपर्ने उनले बताए ।बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित चार दलको संयुक्त चुनावी बहिष्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘कुन तानाशाह छान्नका लागि चुनाव गरिँदैछ ? उनीहरूले पाँच वर्ष लुटेर खान बाहेक अरू केही गर्नसक्ने छैनन्