नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पार्टीको घोषणा भएको छ । पार्टीको संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ भएका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर बास्तोला संयोजक रहेको पार्टीको घोषणा भएको हो । पार्टीको नवौं महाधिवेशन काठमाडौंमा आगामी १ फागुनमा गर्ने पनि जानकारी दिइएको छ । संयोजक बास्तोलाले पार्टीको नीति तथा कार्यक्रम र चितवन भेलाका निर्णय पनि सार्वजनिक गरे । उक्त पार्टीको राजनीतिक कार्यदिशा वैज्ञानिक समाजवाद हुने पार्टी महाधिवेशन आयोजक कमिटी सदस्य गुणराज लोहनीले जानकारी दि