१८ करोड बक्यौता नतिरी भागेको एयर एसियालाई उडान अनुमति दिन ‘माधब नेपाल’ सक्रिय

मलेसियाको एयर एसियाले नेपाललाई विभिन्न शीर्षकमा १८ करोड बक्यौता तिर्न बाँकी छ । काठमाडौँ विमानस्थलमा एयरबसको वाइडबडी ए–३०० जहाजमार्फत हरेक दिन १ उडान गर्दै आएको एयर एसिया ३ वर्ष अघि सम्पर्क बिहिन भएको थियो ।नेपाल पर्यटन बोर्डलाई ७ करोड, त्रिभुवन विमानस्थल र अन्य शुल्क गरी ११ करोड रुपैयाँ तिर्न बाँकी रहेको एयर एसियाले ‘बहिनी कम्पनी’ (सिस्टर कम्पनी) एयर एसिया थाईमार्फत पुनः काठमाडौँमा उडान गर्न लविङ गरिरहेको पाईएको हो ।माधब नेपालको ‘पावर’ लगाउँदैनेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) स्रोतले बन्द रहेको मलेसिया रोजगारी नेपालीहरुका लागि क्रमशः खुल्दै आएकाले एयर एसियाले उडान गर्न चाहेको पुष्टि गरेको छ । तर, क्यानका प्रवक्ता जगन्नाथ निरौला भने यसबारे आफूलाई जानकारी नभएको भन्दै पन्छिए । तर, क्यान स्रोतले भने पुनः उडान गर्न चाहे तिर्न बाँकी रहेको बक्यौता तिरेर आवश्यक प्रक्रिया पूरा गर्न एयर एसियालाई भनिएको बताएको छ ।एयर एसियाले एयर एसिया थाईबाट नेपालमा उडान गर्ने गरी जनरल सेल्स एजेन्ट नै नियुक्त गरिसकेको स्रोतले पुष्टि गरेको छ । यसअघि एयर एसिया हुँदाका जनरल सेल्स एजेन्ट हटाएर विशाल ग्रुपलाई नियुक्त गरेको छ । विशाल ग्रुपका अधिकारीले पर्यटनमन्त्री प्रेम आलेलाई नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधब नेपालले निर्देशन दिए बक्यौता पनि तिर्न नपर्ने र नयाँ उडान पनि पाईने भन्दै लविङ गरिरहेका छन् । एयर एसियाले तिर्न बाँकी दायित्व एयर एसिया थाईले तिर्न नपर्ने व्यवस्था गरिदिन र तत्काल उडान अनुमति दिलाईदिन विशाल ग्रुपका प्रतिनिधिहरुले मन्त्री आलेलाई भन्दा पनि अध्यक्ष माधब नेपाललाई भेट्ने गरेका छन् ।६ महिना अघिबाटै मलेसिया रोजगारी नेपाली श्रमिकका लागि खुल्ने तयारी हुनासाथ नै एयर एसियाले पुनः उडानको इच्छा देखाएको थियो । तर, नागरिक उड्डयन प्राधिकरणले १८ करोड बक्यौता नतिरेसम्म उडान अनुमति नदिने अडान लिएपछि उसले विशाल ग्रुपलाई जनरल सेल्स एजेन्ट बनाएर शक्ति केन्द्रमार्फत लविङ गरेको हो ।एयर एसिया थाई एयर एसियाले लगानी गरेर खोलेको बहिनी कम्पनी हो । ३ वर्ष अघि रकम नतिरी उड्न लागेको थाहा पाएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रशासनले एयर एसियाको जहाज नेपालबाट जान रोकेको पनि थियो । तर, मलेसियन दूतावासको मध्यस्थतामा उक्त जहाजलाई मलेसिया जान दिईएको थियो । तर, अहिलेसम्म बक्यौता उठ्न सकेको छैन ।उल्टै, माधब नेपाल लगायतका नेताहरुको ‘पावर’ लगाएर पुनः अर्को नामबाट काठमाडौँमा उडान गर्न लविङ गरिरहेको भेटिएको हो ।

सम्बन्धित सामग्री

उडान अनुमति लिएर मात्रै टिकट बिक्री गर्न वायुसेवा कम्पनीलाई निर्देशन

काठमाडौं, मंसिर २ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायु सेवा कम्पनीहरूलाई उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न निर्देशन दिएको छ। केही कम्पनीले अनुमति नलिइ चार्टर उडानको नाममा टिकट बिक्री गर्न थालेपछि प्राधिकरणले यस्तो चेतावनी दिएको हो । नेपालको हवाई क्षेत्रमा उडान गर्नुअघि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ । यदि उडान अनुमति नलिइ यात्रुलाई […]

मौसम सफा नभई उडान अनुमति नदिने प्राधिकरणको निर्णय

तारा एअरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इन रुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम अनुकूल नभएसम्म उडान अनुमति नदिने निर्णय गरेको हो।...

शिवम् एयरलाइन्सले पायो उडान अनुमति

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी शिवम् एयरलाइन्सलाई उडान अनुमति दिएको छ । एक वर्षदेखि उडान इजाजतका लागि प्रक्रिया सुरु गरेको उक्त एयरलाइन्सले मन्त्रालयबाट आधिकारिक इजाजत पत्र पाएको मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेले जानकारी दिए । उनले भने, ‘शिवम् एयरलाइन्सले विकट गन्तव्य उडानका लागि मन्त्रालयबाट अनुमति पाएको […]

निगमले पायो साउदीमा उडान अनुमति

नेपाल वायुसेवा निगमले साउदी अरबमा उडान गर्ने अनुमति पाएको छ ।निगमलाई साउदी अरेवियाको सिभिल एभिएसन्ले ले साउदीमा उडान अनुमति दिएको हो । आइतबार साउदी अरेबियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निगमको उडान अनुमति प्राप्त भएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।उडान अनुमति प्राप्त भएसँगै अब निगमले उडान अनुमति साउदी […]

यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडान अनुमति

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय चार्टर्ड र ‘ननसेड्युल फ्लाइट’ उडान गर्नका लागि यती एयरलाइन्सलाई उडान अनुमति दिएको हो ।चार्टर्ड उडान तथा कार्गो उडानका लागि एओसी पाएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । अनुमति प्राप्त गरेसँगै दक्षिण पूर्वी एशियाली राष्ट्र म्यानमार, थाइल्याण्ड, कम्बोडिया र भियतनाममा क्रमशः उडान थाल्ने एयरलाइन्सले जनाएको छ

यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडान अनुमति

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय चार्टर्ड र ‘ननसेड्युल फ्लाइट’ उडान गर्नका लागि यती एयरलाइन्सलाई उडान अनुमति दिएको हो । चार्टर्ड उडान तथा कार्गो उडानका लागि एओसी पाएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । अनुमति प्राप्त गरेसँगै दक्षिण पूर्वी एशियाली राष्ट्र म्यानमार, थाइल्याण्ड, कम्बोडिया र भियतनाममा क्रमशः उडान थाल्ने एयरलाइन्सले जनाएको छ ।

यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडान अनुमति

काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय चार्टर्ड र ‘ननसेड्युल फ्लाइट’ उडान गर्नका लागि यती एयरलाइन्सलाई उडान अनुमति दिएको हो । चार्टर्ड उडान तथा कार्गो उडानका लागि एओसी पाएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । अनुमति प्राप्त गरेसँगै […]

मुस्ताङ हेलिकप्टरले उडान अनुमति पायो, आजैबाट सेवा प्रारम्भ

काठमाडौं, २४ भदौ । मुस्ताङ हेलिकप्टर प्रा.ली.ले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएको छ । मुस्ताङ हेलिकप्टरले आज (बिहीबार) उडान अनुमति पाएको हो । कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक रोनन लामिछानेका अनुसार कम्पनीले बिहीबारबाटै सेवा प्रारम्भ गरेको छ । कम्पनीसँग एयरबस हेलिकप्टर रहेको छ । यो कम्पनीले अब आफ्नो सेवा रेस्क्यू, चार्टर्ड, कोभिड-१९ बिरामीको […]

मुस्ताङ हेलिकप्टरले पायो उडान अनुमति

मनाङ हेलिकप्टर प्रालिले हवाई सञ्चालन अनुमति प्राप्त गरेको छ ।फ्रान्समा निर्मित एयरबस हेलिकप्टरले बिहीबारबाट नेपाली आकाशमा उडान अनुमति पाएको हो । उक्त  हेलिकप्टरले उद्धार, चार्टड, एयर फोटोग्राफी, कार्गो सिलिङ लगायतका सेवाहरु प्रदान गर्नेछ ।मुस्ताङ हेलिकप्टरले नेपालमा यसअघि देखि नै उडान गर्दै आएको छ ।

चार विमानस्थललाई आपतकालीन उडान अनुमति

चार वटा आन्तरिक विमानस्थलले निशेषाज्ञाको अवधिमा पनि उडान अनुमति पाएका छन् । हवाई सेवाको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले आपतकालिन उद्धार र खाद्यान्न ढुवानीको लागि चार विमानस्थलले उडान अनुमति दिने निर्णय गरेको हो ।प्राधिकरणको यो निर्णयसँगै उडान अनुमतिका लागि अनुमति प्राप्त गरेका वायुयानले पोखरा विमानस्थल, नेपालगन्ज विमानस्थल, लुक्ला र सुर्खेत विमानस्थलबाट उडान अनुमति प्राप्त गर्न […]