यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडान अनुमति

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय चार्टर्ड र ‘ननसेड्युल फ्लाइट’ उडान गर्नका लागि यती एयरलाइन्सलाई उडान अनुमति दिएको हो ।चार्टर्ड उडान तथा कार्गो उडानका लागि एओसी पाएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । अनुमति प्राप्त गरेसँगै दक्षिण पूर्वी एशियाली राष्ट्र म्यानमार, थाइल्याण्ड, कम्बोडिया र भियतनाममा क्रमशः उडान थाल्ने एयरलाइन्सले जनाएको छ