काठमाडौं : पछिल्लो समय देशभर कोभिड-१९ संक्रमणको ग्राफ बढ्दै गएपछि फेरि शैक्षिक सत्र बिथोलिने देखिएको छ।सरकारले संक्रमणलाई चेन ब्रेक गर्न देशभर भोलि (मंगलबार)बाट माघ १५ गतेसम्म देशभरका विद्यालयमा विदा दिने निर्णय गरिसकेको छ। गत कात्तिक–मंसिर महिनामा कोभिड-१९ संक्रमण दर घटेपछि भौतिक उपस्थितिमा पठनपाठन भएको थियो। २०७८ सालको चालु शैक्षिक सत्र घटाएर असार १ गते सुरु भई चैत मसान्तसम्म कायम गरियो।यो समयमा सबै कोर्स सकिने भएपछि ०७९ को शैक्षिक सत्र वैशाखबाटै सुरु गर्ने शिक्षा तथ