लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशले आज मुख्यमन्त्री पाउँदै

२७ पुस, काठमाडौं । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेमा मुख्यमन्त्री चयन हुँदै छन् । प्रदेश प्रमुखहरूले सरकार गठन गर्न दिएको म्याद सकिने भएकोले यी तीनवटै प्रदेशले आज मुख्यमन्त्री पाउने भएका हुन् । केन्द्रमा शीर्ष नेताहरूबीच भएको सहमति अनुसार दलहरूले मुख्यमन्त्री दाबी गर्नेछन् । कर्णाली र लुम्बिनीमा केही असन्तुष्टि भए पनि सहमति नै मुख्यमन्त्री चयन […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश सरकार पाँचवर्ष टिक्छ : मुख्यमन्त्री शाह

काठमाण्डाै - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकारले विश्वासको मत पाएर पाँच वर्ष चल्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले विभिन्न प्रकारका अफवाह फैलाउने काम भइरहेको बताउनु भयाे ।  'सबैसँग सहकार्य गरेर खुल्ला छलफल भइरहेको छ । चाँडै नै हामी टुङ्गोमा पुग्छौँ', उहाँले भन्नुभयाे ।  प्रदेश मध्यावधि चुनावमा नजाने बताउनु हुँदै उहाँले संविधानले दिएको जिम्मेवारी पूरा हुने प्रष्ट पार्नुभयो...

प्रदेश प्रमुख कार्यालयले सुदूरपश्चिममा मुख्यमन्त्री पदको दाबी पेस गर्न आह्वान

सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री पदमा दाबी गर्न आज आह्वान गरेको छ । प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयले आज दलहरूलाई मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेको हो । संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सरकार गठन गर्न कुनै पनि पार्टीको बहुमत नपुगेकाले एक्लैको सरकार बन्नसक्ने छैन । सरकार गठन गर्न लागि […]

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड प्रदेश सरकार : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड प्रदेश सरकार रहेको बताएका छन् । संविधान दिवसका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारद्वारा धनगढीमा आयोजित कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड प्रदेश सरकार रहेकाले मुलुकमा सङ्घीयतालाई सफल बनाउन प्रदेशलाई बढीभन्दा बढी सक्षम बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।“सङ्घीयताको विकल्प छैन”, मुख्यमन्त्री भट्टले भने, “राष्ट्रियतालाई मजबुत बनाउनका लागि पनि हामी सबै एकताबद्ध

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन, काँग्रेस सरकारमा

सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।  प्रदेश प्रमुख देवराज जोशीले संविधानबमोजिम मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा आज साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।  प्रदेश प्रमुख जोशीले आन्तरिक मामिला तथा कानून मन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावल तथा काँग्रेसकै गोविन्दराज बोहोरालाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का प्रकाशबहादुर रावल आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका छन् । काँग्रेसका टेकबहादुर रैकालाई सामाजिक

सुदूरपश्चिम प्रदेश : प्रथम पञ्चवर्षीय योजनाको अवधारणा स्वीकृत

सुदूरपश्चिम प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजनाको संक्षिप्त अवधारणा पत्र स्वीकृत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज बसेको मन्त्रिपरिषद्को बैठकमा पेस गरेको आर्थिक वर्ष २०७८/७९–२०८२/८३ को संक्षिप्त अवधारणा पत्रलाई स्वीकृत दिएको हो । प्रदेश योजना आयोगले तयार पारेको सो अवधारणापत्रले प्रदेशको समग्र विकासका लागि योजना बनाउन सहयोग पुग्ने प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन् ।यस्तै मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिम प्रदेशका दुई

सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन विरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ ।  न्यायाधीश सपना प्रधान मल्ला र सुष्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो ।  कमलसिंह रानासहितले जेठ २७ गते सुदूरपश्चिम सरकार पुनर्गठन विरुद्ध रिट दायर गरेका थिए । रिटमा सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री त्रिलोचन भट्टलगायत मन्त्रीहरूलाई विपक्षी बनाइएको छ ।  जेठ १४ मा मुख्यमन्त्री भट्टले मन्त्री थप गर्दै ११ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए ।

जोगियो सुदूरपश्चिम प्रदेश सरकार

काठमाण्डाै - सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउनुभएको छ। मुख्यमन्त्री भट्टले आज प्रदेश सभामा विश्वासको मत लिन प्रस्ताव पेस गरेपछि सभामुखले निर्णयार्थ पेस गर्दा उहाँको पक्षमा बहुमत पुगेको हो । आज प्रदेशसभामा भएको मतविभाजनमा मुख्यमन्त्री भट्टको पक्षमा ३० मत प्राप्त भएको छ। विपक्षमा ९ मत खसेको हो । १२ जना सांसद मतदान प्रक्रियामा सहभागी नै भएनन् । ५२ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक थियो । मुख्यमन्त्री भट्टले प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोज...

मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज (मंगलबार) प्रदेशसभा बैठकबाट विश्वासको मत लिँदै छन्।...

सुदूरपश्चिम प्रदेश सरकार हेरफेर, एमालेबाट ६ जना

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेकपा एमालेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिए पनि प्रदेश संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेबमोजिम मन्त्रीमा एमालेका ६ जना नियुक्त भएका छन् । मुख्यमन्त्री भट्टले नेकपा (एमाले) बाट निष्कासित नेता माधवकुमार नेपाल पक्षका प्रकाशबहादुर शाहलाई आर्थिक […] The post सुदूरपश्चिम प्रदेश सरकार हेरफेर, एमालेबाट ६ जना appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.