काठमाण्डाै - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकारले विश्वासको मत पाएर पाँच वर्ष चल्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले विभिन्न प्रकारका अफवाह फैलाउने काम भइरहेको बताउनु भयाे ।
'सबैसँग सहकार्य गरेर खुल्ला छलफल भइरहेको छ । चाँडै नै हामी टुङ्गोमा पुग्छौँ', उहाँले भन्नुभयाे । प्रदेश मध्यावधि चुनावमा नजाने बताउनु हुँदै उहाँले संविधानले दिएको जिम्मेवारी पूरा हुने प्रष्ट पार्नुभयो...