नक्कली बाबुआमा खडा गरी नागरिकता लिएको खुलासा

रामेछाप ।  नक्कली बाबुआमा खडा गरी जिल्ला प्रशासन कार्यालय रामेछापबाट नागरिकता खुलासा भएको छ । मन्थली नगरपालिका–७ भटौलीका राजमान तामाङ र उनकी श्रीमती एलिना तामाङले सुजु थोकरलाई नक्कली छोरी बनाएर नागरिकता दिलाएको खुलासा भएको हो । नक्कली छोरीलाई नागरिकता दिलाउनका लागि वडा सचिव श्याम किशोर साहले जन्म दर्ताको बनाएका थिए । सोही जन्म दर्ताको आधारमा […]

सम्बन्धित सामग्री

पूर्वगोर्खा सैनिकको छोरा बनेर नक्कली नागरिकता, २ जना कारागार चलान

३ साउन, विराटनगर । पोखराका तीन युवाले पूर्व बेलायती सैनिकको छोरा बनेर जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता लिएको खुलेको छ । बेलायतमा बसोबासका लागि जान उनीहरुले नक्कली बाबु खडा गरेर नागरिकता लिएका हुन् । बाबु बनेर नागरिकता दिलाएको आरोपमा पूर्वबेलायती सैनिक ६१ वर्षका सूर्यहाङ लिम्बु र नागरिकता दिलाउन सहजीकरण गरेको आरोपमा ६० वर्षका सूर्यबहादुर फयाङ […]

नक्कली नेपाली बाबुबाट सक्कली नागरिकता लिने तिब्बतीयन महिला पक्राउ

काठमाडौं । नेपाली नागरिकता लिएको आरोपमा एक तिब्बतीयन महिला पक्राउ परेकी छन् । नेपाली नागरिकता बनाउने गिरोहले नक्कली बाबु खडा गरेर २७ वर्षीया निमा ल्हामो गुरुङलाई पक्राउ गरेको हो । उनी काठमाडौंको बौद्धस्थित तिब्बतीयन शरर्णार्थी शिविरमा बस्दै आएकी थिइन्। उनी भारतीय बाटो भएर दुई वर्षअघि नेपाल आइपुगेकी थिइन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यसअघि […]

भारतीयलाई नागरिकता दिएपछि स्थानीयद्वारा जनप्रतिनिधिलाई कारबाही माग

नक्कली अभिभावक खडा गरेर भारत दार्जिलिङ घर भएकी रजनी राईले प्रशासनबाट नागरिकता लिएपछि स्थानीयहरूले नागरिकता दिन सिफारिस गर्ने कर्मचारी र जनप्रतिनिधिलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेका छन्  । रजनी राईले निजगढ नगरपालिका वडा नं १२ रामथली बस्ने श्यामराज गोले र जिरामाया गोलेलाई नक्कली बुवा आमा खडा गरेर ईलाका प्रशासन कार्यालय सिमराबाट नागरिकता लिएकी थिइन्  । वडा कार्यालयले दिएको सिफारिसका आधारमा राईले जेठ २३ गते जन्मदर्ता र त्यस लगत्तै जेठ २४ गते नागरिकताको लागि प्रक्रिया सुरु ग

नक्कली आमाबुवा खडा गरी दार्जीलिङकी युवतीले बाराबाट लिइन् नेपाली नागरिकता

इलाका प्रशासन कार्यालय जितपुरसिमराले एक गैरनेपाली युवतीलाई नेपाली नागरिकता दिएको खुलेको छ । निजगढ नगरपालिका–१२ ठेगाना उल्लेख गरी २१ वर्षीया रजनी गोलेलाई नेपाली नागरिकताको प्रमाण दिइएको खुलेको हो । रजनी भने भारत पश्चिम बंगाल राज्यको दार्जीलिङकी स्थायी बासिन्दा भएको खुलेको छ ।

‘आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्छ’

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्ने बताएका छन् । सोमवार राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्था सकारात्मक भए पनि सो व्यवस्थाको दुरुपयोग हुनसक्ने उनले आशङ्का व्यक्त गरेका हुन् । लोभ, लालच देखाएर अथवा धम्क्याएर, नक्कली आमा खडा गरिने हो कि भन्ने उनले चिन्ता व्यक्त गरिन् । त्यस्तै आमाको नामबाट नागरिकता दिन आ

मृत्यु भएका व्यक्तिको नक्कली नागरिकता बनाई जग्गा ठगी गर्ने गिरोहका १० जना पक्राउ

झापा, १० बैशाख । मृत्यु भएका व्यक्तिको नक्कली नागरिकता बनाई जग्गा ठगी गर्ने गिरोहका १० जना पक्राउ परेका छन् । मृत्यु भईसकेका झापा बिर्तामोडका टुंग बहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने उदेश्यले नक्कली टुंग बहादुर बस्नेत खडा गरी बस्नेतकै नाममा रहेको जग्गा ठगी गर्ने गिरोहका १० जनालाई विभिन्न मिति र स्थानबाट प्रहरीले पक्राउ गरेको […]

नक्कली बाबु बनाएर नागरिकताको सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक – नक्कली बाबु खडा गरी नेपाली नागरिकता प्रमाण–पत्र सिफारिस गरेको आरोपमा हेलम्बु गाउँपालिका–६, का वडा अध्यक्ष खेतनाथ घिमिरे काठमाडौंबाट पक्राउ परेका छन् ।  मेलम्ची नगरपालिका–९, ज्यामिरेका खुसी तामाङको नक्कली बाबु बनाएर हेलम्बु गाउँपालिका–६, इचोकबाट नागरिकता सिफारिस गरेको...

नक्कली सिफारिस दिएको आरोपमा वडाअध्यक्ष पक्राउ

३० जेठ, सिन्धुपाल्चोक । नक्कली बाबु खडा गरी नेपाली नागरिकता प्रमाण-पत्र सिफारिस गरेको आरोपमा हेलम्बु गाउँपालिका -६ साविकको इचोकका वडाअध्यक्ष खेतनाथ घिमिरे पक्राउ परेका छन् । मेलम्ची नगरपालिका-१० ज्यामिरे निवासी खुसी तामाङलाई नक्कली बाबु बनाएर हेलम्बु गाउँपालिका-६ इचोकबाट नागरिकता सिफारिस गरिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । नक्कली बाबु खडा गरेर …