काठमाडौँः राजनीतिक दलहरुले आसन्न स्थानीय तह निर्वाचनको आचारसंहिता पालना गर्न निर्वाचन आयोगसमक्ष प्रतिवद्धता जनाएका छन्। मंगलबार आयोगमा उपस्थित भई आचारसंहिता कार्यान्वयनमा दलहरुले प्रतिवद्धता जनाएका हुन्। दलीय प्रतिवद्धतासँगै आयोगले दलहरुलाई ६० बुँदे निर्देशन समेत दिएको छ। यस्तै, निर्देशन कार्यान्वयनको सहजीकरणका लागि थप पाँच बुँदे निर्देशन समेत आयोगले दिएको छ।
आयोगले आचारसंहितामा उल्लेखि…