निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने दलहरूको प्रतिवद्धता

राजनीतिक दलहरुले आगामी संघ र प्रदेशको निर्वाचनमा निर्वाचन आचार संहितालाई पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । निर्वाचन आयोगले सोमवार राजनीतिक दलका प्रतिनिधिहरूलाई निर्वाचन आचार संहिताको सम्बन्धमा छलफल गर्न बोलाएको थियो । सो छलफलमा क्रममा बोल्दै दलका नेताहरुले निर्वाचन आचार संहितालाई पूर्णरुपमा पालना गर्न आफूहरु तयार रहेको बताएका हुन् । नेताहरुले निर्वाचन आयोगलाई आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गराउनका लागि अनुगमन गर्न पनि सुझाव दिएका छन् । त्यस्तै निर्वाचन आयोगले राखेका

सम्बन्धित सामग्री

निर्वाचन आचारसंहितामा कडाई हुन्छ : कोईराला

बुटवल,२७ कार्तिक । रुपन्देहीमा निर्वाचन आचारसंहिता पूर्णरुपमा लागू गर्न सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । रुपन्देहीमा रहेका बिभिन्न राजनितिक दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पालना गर्ने प्रतिबद्धता जनाउँदै कही कतै उल्लधन भएका कारवाहीको भागीदार हुने बताएका छन् । आईतवार रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशले भैरहवामा आयोजना गरेको शान्त, स्वच्छ र निष्पक्षको लागि हाम्रो अभियान विषेयक […]

निर्वाचन आचारसंहितामा कडाइ हुन्छ : निर्वाचन अधिकृत कोइराला

बुटवल । रुपन्देहीमा निर्वाचन आचारसंहिता पूर्णरुपमा लागू गर्न सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । रुपन्देहीमा रहेका विभिन्न राजनीतिक दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पालना गर्ने प्रतिबद्धता जनाउँदै कतै उल्लंघन भएका कारबाहीको भागिदार हुने बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले भैरहवामा आयोजना गरेको शान्त, स्वच्छ र निष्पक्षको लागि हाम्रो अभियान विषेयक साक्षात्कारमा […]

आचारसंहिता पालनामा दलहरुको प्रतिबद्धता

बुटवल । लुम्बिनी प्रदेशमा सक्रिय राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्ने र गराउने प्रतिवद्धता जनाएका छन् । निर्वाचन आचारसंहिता नैतिक र कानुनी बन्धन भएकाले त्यसमा आमसञ्चार पनि संवेदनशील हुने उनीहरुले विश्वास जनाए । संवाद समूह लुम्बिनीले बुटवलमा आयोजना गरेको आसन्न निर्वाचनमा जारी आचारसंहिता पालनमा राज...

आयोगलाई माधव नेपालको स्पष्टीकरण– मैले कसैलाई आर्थिक प्रलोभन देखाएको छैन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचन प्रचारको क्रममा आफूले मतदातालाई प्रलोभन देखाउनेगरी अभिव्यक्ति नदिएको दाबी गरेका छन् ।  आइतबार निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिँदै उनले आफूले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । चार बुँदामा स्पष्टीकरण दिँदै उनले भनेका छन्, "पत्रमा भनिएजस्ता निर्वाचनको सिलसिलामा मैले कुनै...

आचारसंहिता पूर्णरुपमा पालना गर्ने हुम्लाका राजनीतिक दलहरुको प्रतिवद्धता

सिमकोट – हुम्लाका राजनीतिक दलहरुले निर्वाचन आचारसंहित पूर्णरुपमा पालना गर्ने प्रतिवद्धता जनाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको सर्वपक्षीय बैठकमा हुम्लाका राजनीतिक दल, उम्मेदवारहरुले आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिवद्धता जनाएका हुन्। बैठकमा मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले निर्वाचन आयोगद्वारा जारी भएको आचारसंहिता पालन गर्न राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सञ्चारकर्मीहरुलाई आग्रह गरेका थिए। निर्वाचन आचारसंहिता […]

ओखलढुंगाका राजनीतिक दलहरूले आचारसंहिता पालना गर्ने प्रतिवद्धता

ओखलढुंगा । आगामी मंसिर ४ गतेको निर्वाचनका लागि ओखलढुंगाका राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिवद्धता जनाएका छन् । ओखलढुंगाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको सर्वदलीय छलफल कार्यक्रममा आचारसंहिता पालना गर्न जिल्लास्थित राजनीतिक दलहरू सहमत भएका हुन् । निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले छलफल आयोजना गरेको हो […]

निर्वाचन आचारसंहिता पालना गर्ने दलहरुको प्रतिवद्धता

९ असोज, काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने लिखित प्रतिवद्धता जनाएका छन् । आयोगले आइतबार आचारसंहिता कार्यान्वयनबारे छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण र प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने राजनीतिक दलका प्रतिनिधिहरुलाई बोलाएको थियो । एक सहभागीका अनुसार छलफलमा प्रधानमन्त्री र गृहमन्त्री केही बोलेनन् । दलका प्रतिनिधिहरुले भने प्रधानमन्त्री र […]

असोज ११ बाट निर्वाचन आचारसंहिता

काठमाडौं, ७ असोज । निर्वाचन आयोगले ११ असोजबाट लागू हुने गरी निर्वाचन आचारसंहिता लगाउने भएको छ । त्यसका लागि सम्पूर्ण तयारी भएको बुझिएको छ । आयोगले आचारसंहिता पालनाको प्रतिवद्धता व्यक्त गर्न ९ असोजमा दलहरुलाई बोलाएको छ । प्रतिवद्धतामा हस्ताक्षर गर्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि आयोग जाने बुझिएको छ । आयोगले आचारसंहितामा महत्वपूर्ण विषयहरु राखेर पालना […]

आचारसंहिता अक्षरशः पालना गर्ने हुम्लाका राजनीतिक दलहरुको प्रतिवद्धता

सिमकोट– हुम्लाका राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता जनाएका छन्। आयोगले आचारसंहिता लागू गरेपछि प्रमुख जिल्ला अधिकारीले त्यसबारे जानकारी गराउन दलहरुसँग गरेको छलफल कार्यक्रममा हुम्लाका राजनीतिक दलहरुले यस्तो प्रतिवद्धता जनाएका हुन्। छलफलका क्रममा दलका प्रतिनिधिलाई निर्वाचन आचारसंहिताको कपी बाँडिएको थियो।  जिल्लामा निर्वाचनमा भाग लिने १३ वटै राजनीतिक दलहरुले स्वस्थ प्रतिस्पर्धा गरे आचारसंहिता स्वतः […]

पत्रकार सम्मेलनमार्फत आचारसंहिता लागू भएको घोषणा गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले तयार पारेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भैसकेको छ ।  निर्वाचन मिति नजिकिँदै गएपछि आयोगले तयारीसँगै दलहरूलाई समेत बोलाएर आचारसंहिता पालना गराउन प्रतिवद्धता जनाउन लगाएको थियो । वहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो । निर्वाचन आयोगकाअनुसार शुक्रबार अपरान्