निर्वाचन आचारसंहिताकाे पूर्णपालना गर्ने रुपन्देहीका राजनीतिक दलहरूकाे प्रतिवद्धता

बुटवल – रुपन्देहीमा क्रियाशील राजनीतिक दलहरूले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिवद्धता जनाएका छन् । चाँदनी नेपालले मंगलबार बुटवलमा आयोजना गरेको कार्यक्रममा रुपन्देहीमा क्रियाशील सात राजनीतिक दलले ७ बुँदे प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै आचारसंहिता पूर्ण पालना गर्ने प्रतिवद्धता जनाएका हुन् । नेपाली कांग्रेस […]

सम्बन्धित सामग्री

आचारसंहिता पूर्णरुपमा पालना गर्ने हुम्लाका राजनीतिक दलहरुको प्रतिवद्धता

सिमकोट – हुम्लाका राजनीतिक दलहरुले निर्वाचन आचारसंहित पूर्णरुपमा पालना गर्ने प्रतिवद्धता जनाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको सर्वपक्षीय बैठकमा हुम्लाका राजनीतिक दल, उम्मेदवारहरुले आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिवद्धता जनाएका हुन्। बैठकमा मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले निर्वाचन आयोगद्वारा जारी भएको आचारसंहिता पालन गर्न राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सञ्चारकर्मीहरुलाई आग्रह गरेका थिए। निर्वाचन आचारसंहिता […]

मङ्सिरमा हुने चुनावको लागि दर्ता गर्न आह्वान

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन, २०७९ को प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ । २०७९ साल मंसिर ४ गते आइतवारका दिन हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि आयोगमा २०७९।४।१९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरुलाई दल दर्ताको लागि आयोगले आह्वान गरेको हो ।आयोगले संविधानको धारा २७१ सम्वत् २०७९ साल श्रावण २२ गते देखि श्रावण ३१ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामाआयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरेको छ। आयोगका अनुसार दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख गर्नुपर्ने छ ।  यसरी दल दर्ताको लागि निवेदन दिंदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रुपमा ७ वटा प्रदेशको लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्नेछ ।राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम २ वा सो भन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनको लागि दल दर्ताको निवेदन दिंदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची-१३ बमोजिमको ढांचामा निवेदन दिनु पर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ ।दल दर्ताको लागि निवेदन पेश गर्दा संविधानको धारा २६९ को उपधारा ४ बमोजिमका शर्तहरु पूरा गरेको र यी शर्तहरु पूरा गर्ने प्रतिवद्धता जनाएको पत्र समेत निवेदनसाथ संलग्न हुनुपर्ने र आयोगबाट स्वीकृत रुजुसूची (चेकलिष्ट) भरी प्रमुख पदाधिकारी वा प्रमुख पदाधिकारीले अधिकार दिएको व्यक्तिले प्रमाणित गरी पेश गर्नुपर्ने आयोगले उल्लेख गरेको छ ।

आचार संहितालाई यसरी मिचिरहेका छन् राजनीतिक दलका नेता-कार्यकर्ताले

सुर्खेत : स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा आचार संहिता उल्लंघनका घटनाहरु समेत बढ्दै गएको छ। प्रमुख राजनीतिक दलले निर्वाचनका क्रममा कुनै पनि आचार संहिता उल्लंघनका गतिविधि नगर्ने प्रतिवद्धता जनाए पनि पछिल्लो समय त्यस्ता घटना बढिरहेको देखिन्छ। प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी…

आचारसंहिता पालना गर्ने लमजुङका राजनीतिक दलको प्रतिवद्धता - Naya Patrika

लमजुङका राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आसन्न प्रतिनिधी सभा र प्रदेशसभालाई मध्यनजर गरी आयोजना गरीएको निर्वाचन आचारसंहिताको कार्यक्रममा यस्तो उनीहरुले यस्तो बताएका...पूरा पढ्नुहोस् »