जिसस सर्लाही प्रमुखमा काँग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित

जिल्ला समन्वय समिति सर्लाहीको सभापतिमा नेपाली काँग्रेस र उपसभापतिमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध भएका छन् । निर्वाचन तालिका अनुसार शुक्रबार समन्वय सभापति र उपसभापतिसहित सम्पूर्ण पदमा पद संख्या अनुसार मात्र उम्मेदवारी परेको हो । पद संख्या अनुसार मात्र उम्मेदवारी परेका कारण सम्पूर्ण पदाधिकारी निर्विरोध भएका छन् । निर्वाचन तालिका अनुसार उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुन बाँकी रहेकोले निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा भने गरेको छैन । जिल्ला निर

सम्बन्धित सामग्री

जिसस हुम्लाको प्रमुखमा शर्मा निर्विरोध निर्वाचित

जिल्ला समन्वय समिति हुम्लाको प्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का शिवराज शर्मा सहितको टोली निर्विरोध निर्वाचित भएको छ ।आजका लागि तोकिएको निर्वाचनमा नेकपा एमालेलगायतका अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि सत्ता गठबन्धनका उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।निर्विरोध निर्वाचितले आजै पद तथा गोपनियताको शपथ समेत लिएका छन् । जिल्ला समन्वय समिति हुम्लाको प्रमुख, उपप्रमुखलगायत सबै सात पदमा निर्

जिसस प्रमुखमा शर्मा

काठमाडौँ,७ असार । जिल्ला समन्वय समिति हुम्लाको प्रमुखमा गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का शिवराज शर्मा निर्विरोध निर्वाचित भएका छन् । आज तोकिएको निर्वाचनका लागि नेकपा एमाले लगायतका अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो । निर्वाचित पदाधिकारीले आजै पद तथा […]

जिसस गोरखाको प्रमुखसहित सदस्यहरुमा माओवादी केन्द्र निर्विरोध निर्वाचित

जिल्ला समन्वय समिति गोरखाको नयाँ कार्यसमितिमा प्रमुख,उपप्रमुखसहित सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

जिसस प्युठानमा गठबन्धनको प्यानलै निर्विरोध

जिल्ला समन्वय समिति प्युठानमा गठबन्धनको प्यानल नै निर्विरोध निर्वाचित भएको छ। जिसस प्युठानको प्रमुखमा नेपाली कांग्रेसका धरमबहादुर जिसी र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का दुर्गा रेग्मी निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन...

रुकुम पश्चिमको जिसस प्रमुखमा निर्विरोध

सुर्खेत , २८ जेठ : ६ पालिका रहेको रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) ले चार ठाउँमा जितेको छ । दुई ठाउँमा कांग्रेसले जित हात पारेको छ । बहुमत जितेको माओवादी जिल्ला समन्वय समितिमासमेत एकलौटी गरेको छ । प्रमुखमा लुम्बिनी गौतमसहित माओवादी केन्द्रको सिंगो प्यानल निर्विरोध निर्वाचित भएको छ । जिसस प्रमुखमा निर्वाचित गौतम अर्थमन्त्री जनार्दन […]

जिसस जुम्लाको प्रमुखमा र उपप्रमुखसहित प्यानलै निर्विरोध निर्वाचित

जुम्ला – जिल्ला समन्वय समिति जुम्लाको प्रमुख र उपप्रमुख दुबै निर्विरोध निर्वाचित भएका छन् । प्रमुखमा नेपाली कांग्रेसका गौरीनन्द आचार्य र उपप्रमुखमा एकीकृत समाजवादीका जनक थकाली निर्विरोध निर्वाचत भएका हुन् । कांग्रेस र समाजवादीबीच गठवन्धन भएपछि उप्रमुख उपप्रमुख लगायत पुरै प्यानलै निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । कांग्रेसले समाजवादीसँग उपप्रमुख […]

जिसस सङ्खुवासभाको प्रमुखमा समाजवादीका शाक्य निर्वाचित

जिल्ला समन्वय समिति सङ्खुवासभाको प्रमुखमा सुमन शाक्य निर्विरोध निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी) का शाक्य पुनः दोस्रो पटक प्रमुखमा निर्वाचित भएका हुन् ।जिसस सङ्खुवासभाको प्रमुखमा सत्ता गठबन्धन दलले समाजवादीका शाक्यलाई उम्मेदवार बनाएको थियो । स्वतन्त्र उम्मेदवार राजेन्द्र घलेको उम्मेदवारी खारेज भएपछि समाजवादीका शाक्य निर्विरोध निर्वाचित भएका हुन् ।जिससमा प्रमुख, उपप्रमुखसहित सबै पदमा  गठबन्धनको प्यानल नै विजयी भएको हो  । नेकपा (एमाले) ले घलेलाई जिसस प्रमुखमा प्रस्ताव र समर्थन

जिसस डडेल्धुराको प्रमुखमा भण्डारी र उपप्रमुखमा ठडाली निर्विरोध

डडेल्धुरा : जिल्ला समन्वय समिति (जिसस) डडेल्धुराको प्रमुखमा गगनसिंह भण्डारी निर्विरोध निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसको तर्फबाट भण्डारीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।उपप्रमुखमा पनि कांग्रेसकै अमृताकुमारी ठडाली मगर निर्विरोध निर्वाचित भएकी छन्। भण्डारी अमरगढी नगरपालिका–७ मा वडा सदस्यमा विजयी भएका थिए भने उपप्रमुख ठडाली मगर आलिताल गाउँपालिका–८ बाट वडा सदस्यमा विजयी भएकी थिइन्।मुख्य निर्वाचन कार्यालय डडेल्

जिसस ललितपुरको प्रमुखमा फुयाँल र उपप्रमुखमा थिङ निर्विरोध निर्वाचित

ललितपुर – ललितपुरको जिल्ला समन्वय समिति (जिसस) को प्रमुखमा ऋषिदेव फुयाँल निर्विरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट ऋषिदेव फुयाँलको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । उपप्रमुखमा नेकपा माओवादीका रामलाल थिङ निर्विरोध चुनिएका छन् । उपप्रमुखमा पनि थिङको मात्रै उम्मेदवारी परेको थियो । मुख्य निर्वाचन […]

ललितपुर जिसस प्रमुखमा फुयाँल र उपप्रमुख थिङ निर्वाचित

ललितपुर – ललितपुरको जिल्ला समन्वय समिति (जिसस) को प्रमुखमा ऋषिदेव फुयाँल निर्विरोध निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट ऋषिदेव फुयाँलको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। उपप्रमुखमा भने नेकपा माओवादीका नेता रामलाल थिङ निर्विरोध निर्वाचित भएका छन्। उपप्रमुखमा थिङको मात्रै उम्मेदवारी परेको थियो। मुख्य निर्वाचन कार्यालय ललितपुरका […]