जिल्ला समन्वय समिति सङ्खुवासभाको प्रमुखमा सुमन शाक्य निर्विरोध निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी) का शाक्य पुनः दोस्रो पटक प्रमुखमा निर्वाचित भएका हुन् ।जिसस सङ्खुवासभाको प्रमुखमा सत्ता गठबन्धन दलले समाजवादीका शाक्यलाई उम्मेदवार बनाएको थियो । स्वतन्त्र उम्मेदवार राजेन्द्र घलेको उम्मेदवारी खारेज भएपछि समाजवादीका शाक्य निर्विरोध निर्वाचित भएका हुन् ।जिससमा प्रमुख, उपप्रमुखसहित सबै पदमा गठबन्धनको प्यानल नै विजयी भएको हो । नेकपा (एमाले) ले घलेलाई जिसस प्रमुखमा प्रस्ताव र समर्थन