भक्तपुर।कोरोना भाइरसको दोस्रो लहरको महामारी बढ्दै गएपछि चाँगुनारायण नगरपालिकाले दुवाकोटस्थित नेपाल इन्जिनीयरिङ कलेजमा १०० शैय्याको आइसोलेसन तयार गरी बिरामी राख्न थालेको छ। होम आइसोलेसनमा बस्न नसक्ने कोरोना सङ्क्रमितका लागि नगरपालिकाले सरकारको सहयोगमा आइसोलेसन तयार पारेर कोरोना सङ्क्रमित बिरामीलाई राख्न थालेको नगर प्रमुख सोम मिश्रले जानकारी दिए।आइसोलेसनका लागि शैय्या, ओढ्ने, ओछ्याउने,तकिया,तन्ना,साबुन,रुमाल,दन्तमन्जनलगायतका आवश्यक सामानका १०० सेट सरकारले नै उपलब्ध गराएको थियो।