गलेश्वर । म्याग्दीको मालिका गाउँपालिकाले कोरोना सङ्क्रमितको उपचार गर्न १५ शय्याको आइसोलेसन वार्ड निर्माण गरेको छ । कोरोना सङ्क्रमितको उपचार गर्न वडा नम्बर ६ दरबाङ छयारछयारेस्थित बहुउद्धेश्ययीय सभा हलमा अक्सिजन सहितको आइसोलेसन वार्ड बनाएको गाउँपालिकाका स्वास्थ्य सह–संयोजक राजेश थापाले जानकारी दिए । यसअघि गाउँपालिकाले दरबाङस्थित जनप्रिय माविको विद्यालय भवनमा पाँच शय्याको कोरोना अस्पताल बनाएको थियो […]