निर्वाचनपछिका सम्भावित परिदृश्य

अबका साढे तीन महिना रोचकमात्र हुने छैनन्, यसले हाम्रो लोकतन्त्रको परिपक्वता पनि प्रदर्शन गर्नेछ।...

सम्बन्धित सामग्री

सम्भावित विश्व मन्दी र नेपालले चाल्नुपर्ने कदम

हालै अन्तर्राष्ट्रिय मुद्राकोषले सन् २०२२ को विश्वव्यापी आर्थिक परिदृश्य ‘ग्लोबल इकोनोमिक आउटलुक, २०२२’ प्रकाशनमा ल्याएको छ । यसले निकट भविष्यमै विश्व अर्थतन्त्रको एकतिहाइ भाग मन्दीतर्फ धकेलिन सक्ने प्रक्षेपण गरेको छ । कोभिड–१९ को महामारीबाट थलिएको विश्व अर्थतन्त्र मन्दीतर्फ जाने संकेत देखिनु ठूलो चुनौतीको विषय हुन गएको छ । यो प्रक्षेपण विकसित देशहरूका लागि मात्र नभएर […]

सम्भावित परिदृश्य

आमनिर्वाचन –२०७९ को परिणाम धेरैका लागि अप्रत्यासित र आश्चार्यजनक रह्यो । प्राप्त परिणामले कसैलाई हौस्याएको छ भने कसैलाई शिथिल तुल्याइदिएको छ । निर्वाचनले दिएको सकारात्मक सन्देश हो –युवा वर्गको राजनीतिप्रतिको लगाव । राजनीतिमार्फत शासन व्यवस्थामा फेरबदल आओस् भन्ने उत्कट अभिलाषा युवा जमातले देखायो । विगतमा कहिल्यै चासो नराख्ने युवा पुस्ताले यस पटक हस्तक्षेपकारी भूमिकामा आफूलाई उभ्याएको छ । यो लोकतन्त्रका लागि सुखद पक्ष हो । यसले राजनीतिक दलप्रति युवा वर्गले वितृष्णा देखाउलान् कि भन्ने भयले आक्रान्त जमातलाई राहत पुगेको छ । परिवर्तन ब्यालेटबाटै सम्भव छ भन्ने विश्वास थप मजबुत भएको छ । अब परिवर्तनका लागि बन्दुक बोक्ने जमाना गए । कल्कलाउँदो उमेरका किशोरकिशोरीलाई बन्दुक बोक्न लगाउने प्रवृत्ति पनि अब पराजित भएको छ । परिवर्तन ब्यालेटबाटै हुन सक्छ भन्ने भाष्य निर्माणमा यो निर्वाचन कोसेढुङ्गा साबित भएको छ ।

आगामी गठबन्धनको परिदृश्य र सम्भावित परिणामको आकलन

कांग्रेस बाहेकका सत्ताधारी दलहरूले वैकल्पिक समाजवादी गठबन्धन निर्माण गरेर आफ्नो राजनीतिमा तात्कालिक फाइदा प्राप्त गर्न सक्छन् । यसबाट दीर्घकालीन रूपमा उनीहरूले कांग्रेस र एमालेको विकल्पको शक्तिको रूपमा आफूलाई उभ्याउन सक्छन् ।

रुस युक्रेन युद्धका सम्भावित पाँच परिणाम के हुन सक्छन्? - BBC News नेपाली

युक्रेनको पूर्वी क्षेत्रमा रुसी आक्रमण तीव्र भइरहेका बेला अबको बाटो के हुन सक्छ? सम्भावित परिदृश्य यस्ता छन्। कूटनीतिक संवाददाता जेम्स ल्यान्डेलको विश्लेषण

युक्रेन युद्ध कसरी टुङ्गिएला? पाँच सम्भावित परिदृश्य - BBC News नेपाली

रुसले युक्रेनमाथि आक्रमण गरेपछि यसको सम्भावित नतिजाबारे नेता र युद्ध योजनाकारहरूले विश्लेषण गरिरहेका छन्। यो युद्धको कसरी टुङ्गिएला?

महाभियोगको बाइप्रडक्ट: यी हुन् सम्भावित ५ राजनीतिक परिदृश्य

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता भएपछि नेपाली राजनीति तरंगित भएको छ ।  हठात् र छापामार शैलीमा संसद सचिवालयमा महाभियोग प्रस्ताव पुगेपछि यसको अन्तर्यको खोजी भइरहेको छ । महाभियोग तयार गर्दा सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र  नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेताहरूले समेत पत्तो पाएका थिएनन् । प्रस्ताव दर्ता भएर सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि मात्रै उनीहरूले प्रधानन्यायधीशविरुद्धको महाभियोगबारे जानकारी पाएका थिए । सत्तारूढ गठबन्धनमा रहेको जनता स...

अर्थतन्त्र पुनरुत्थानका वास्तविक परिदृश्य

नेपाल राष्ट्र बैंकले केही दिनअघि सार्वजनिक गरेको एउटा अध्ययन प्रतिवेदनले कोरोना संक्रमणको दोस्रो लहरपछि अर्थतन्त्र पुनरुत्थानको बाटोमा अघि बढेको देखाएको छ । कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी तेस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदनले अर्थतन्त्रका अवयवहरू सुधारोन्मुख देखाउनु सकारात्मक हो । यतिखेर राष्ट्र बैंकको अध्ययनले औंल्याएको यो सुधारलाई कसरी दिगो बनाउने र अर्थतन्त्रका सरोकारहरूमा त्यसको प्रत्याभूति कसरी हुने भन्ने नै मुख्य कार्यभारमात्र होइन, चुनौती पनि हो । करीब डेढ वर्षपछि उद्यम व्यापार सामान्य गतिमा फर्किन थालेपछि बाह्य क्षेत्रमा दबाब देखिएको छ । वैदेशिक व्यापारतर्फ आयात बढेको छ । निर्यातको आकार बढेको देखिए पनि आयातको तुलनामा अति न्यून छ । कोरोनाका कारण सञ्चालनमा आउन नसकेका उद्योग व्यवसाय गत वैशाखसम्ममा ४ दशमलव २ प्रतिशत रहेकोमा पछिल्लो सर्वेक्षणमा यो आकार २ दशमलव ३ प्रतिशतमा खुम्चिएको देखाएको छ । २०७७ असारमा कोरोना महामारी उत्कर्षमा रहेको र बन्दाबन्दी तथा निषेधाज्ञाको अवस्थामा २८ दशमलव ८ प्रतिशत उद्योगमात्र सञ्चालनमा रहेकोमा अहिले ८७ प्रतिशत उद्योग व्यापार पूर्ण क्षमतामा चलेका छन् । अधिकांश उद्योगी व्यवसायीले कोरोनाकालमा बजारमा माग घटेको, चालू खर्चमा समस्या र श्रमिक समस्याका कारण उद्योग व्यापार बन्द गर्नु परेको बताएका थिए । अध्ययनअनुसार अहिले खानी तथा उत्खनन, विद्युत्, ग्यास, पानीलगायत उद्योग पूर्ण क्षमतामा चलेका छन् । खुद्रा र व्यापार, स्वास्थ्य तथा सामाजिक कार्यसँग सरोकार राख्ने उद्यम ९० प्रतिशतभन्दा धेरै क्षमतामा सञ्चालनमा रहेको र १० दशमलव ४ प्रतिशत उद्योग आंशिक क्षमतामा सञ्चालनमा रहेका छन् । अहिले रोजगारीको अवस्थामा पनि सुधार आएको देखिएको छ । कोरोना महामारीको दोस्रो लहरअघि रोजगारीको अवस्था ७७ दशमलव ५ प्रतिशत रहेकोमा अहिले ९७ दशमलव २ प्रतिशत पुगेको राष्ट्र बैंकको अध्ययनले नै देखाएको छ । उद्योग व्यवसायहरूले प्रदान गर्ने रोजगारीको अवस्था महामारी शुरू हुनुभन्दा अघिको अवस्था नजिक पुगेको प्रतिवेदनले बताएको छ । रोजगारी ठूला उद्योगहरूको तुलनामा साना उद्योगमा बढी सुधार भएको छ । यी उल्लिखति सुधारलाई कायम राख्न र आर्थिक अभिवृद्धिको आधारको रूपमा टिकाइराख्न सरकारले केकस्ता नीतिगत व्यवस्थापन गर्दै छ, यसको भविष्यको ओज पनि त्यसैमा निर्धारण हुनेछ । अहिले पनि उद्यमी व्यवसायीले बजार र माग नबढ्नाले कारोबारमा ह्रास आएको, कर्जाको ब्याजदर उच्च र अस्थिर भएको, उत्पादन लागत बढेकाले कठिनाइ भएकाजस्ता समस्या कायमै रहेको बताउने गरेका छन् । कोरोना महामारीमा बैंकमा फालाफाल देखिएको लगानीयोग्य रकम अहिले संकुचित भएको छ । ७/८ प्रतिशतमा झरेको बैंक ब्याज अहिले दोहोरो अंक छुने तयारीमा छ । वर्षेनि तरलताको संकट दोहोरिँदा पनि यसको दिगो समाधान वा व्यवस्थापनमा पूरै उदासीना देखिएको छ । यसमा सरकारी नियामकको भूमिका कमजोर देखिएको छ । उद्यम र व्यापारसँग सरोकार राख्ने नियम कानूनमा यस्ता छिद्र छोडिएका छन् कि, ती भ्रष्टाचारको अर्को औजार बनेका वा बनाइएका छन् । यसले लगानी, रोजगारी, आय हुँदै समग्र अर्थतन्त्रमा आघात पारिरहेको छ । करीब डेढ वर्षपछि उद्यम व्यापार सामान्य गतिमा फर्किन थालेपछि बाह्य क्षेत्रमा दबाब देखिएको छ । वैदेशिक व्यापारतर्फ आयात बढेको छ । निर्यातको आकार बढेको देखिए पनि आयातको तुलनामा अतिन्यून छ । यही बेला विप्रेषणको आय घटेको छ । यसले विदेशी मुद्राको शोधनान्तर र सञ्चितिमा दबाब परेको छ । सरकार आन्तरिक उत्पादन बढाएर सन्तुलन मिलाउने दीर्घकालीन उपायभन्दा पनि वस्तुको आयातमा कडाइजस्तो अल्पकालीन र सहज उपायमा एकोहोरिएको छ । स्वदेशमा उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न सकियो भने त्यो निकासीभन्दा बढी प्रभावकारी हुन सक्दछ । यसका लागि उत्पादनका क्षेत्रमा लगानी बढाउनु आवश्यक छ । यसका लागि आन्तरिक लगानीमात्र पर्याप्त छैन । बाह्य लगानी प्रतिबद्धताको १ तिहाइमात्रै भित्रिने गरेको लगानी प्रवृत्तिले देखाएको छ । आएको लगानी पनि हचुवमा पाराको छ । बाह्य लगानीका प्राथमिकता प्राप्त क्षेत्र एकातिर, तर लगानी अर्को क्षेत्रमा छ । यसले बाह्य लगानीबाट लाभ त परको कुरा भएकै स्वदेशी उद्योग धराशयी हुने विडम्बना प्रकट हुन थालेको छ । सरकार यसमा आवश्यकताजति सचेत हुन सकेको छैन वा चाहेको छैन । लगानीको प्रवृत्ति र आँकडा हेर्दा भारत र चीन मुख्य लगानीकर्तामात्र होइनन्, नेपाली उत्पादनको मुख्य बजार पनि हुन् । यी बजारलक्षित उत्पादन र बजारीकरणको उपायमा जान सरकार र निजीक्षेत्र दुवै उदासीन देखिएका छन् । दुवै क्षेत्रले आय आर्जनका अल्पकालीन उपाय अपनाउँदा दिगो आय र आर्थिक स्थायित्व भनिने, तर नदेखिने विषय बनेको छ । महँगो उत्पादन लागतका कारण बाह्य बजारमा प्रतिस्पर्धा कठिन बनेको छ । स्वदेशी उत्पादनको लागतलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेमा खासै चासो देखिएको छैन । जल विद्युत् नेपाली उत्पादनको लागत घटाउने एक महत्त्वपूर्ण आधार बन्न सक्छ । सरकार विद्युत् खेर जाने भन्दै बजार खोज्न भौंतारिइरहेको छ । तर, नेपालको निजीक्षेत्र थप ५००० मेगावाट विद्युत् नेपालमै खपत गर्न सकिने बताइरहेको छ । बाह्य बजारमा दिने मूल्यमा स्वदेशकै उत्पादन क्षेत्रलाई विद्युत् दिने हो भने त्यो उत्पादन लागत न्यूनीकरणको मुख्य उपाय बन्न सक्छ । यो उपाय स्वदेशी उत्पादनको उपयोग, आयात प्रतिस्थापन र वैदेशिक व्यापार सन्तुलनको महत्त्वपूर्ण उपलब्धि बन्न सक्छ । राष्ट्र बैंकको अध्ययनले देखाएको तथ्यांकीय सुधारमा सरकारको नीति र प्रक्रियागत सहयोगको योगदान कति होला ? कोरोनाको महामारी नियन्त्रण, उपचार प्रबन्ध र पूर्वाधार, कोरोनाका कारण संकटमा धकेलिएको आर्थिक तथा सामाजिक दिनचर्याको पुनरुत्थानका लागि सरकारले चालेका कदमबारे औसत गुनासालाई स्मरण गर्ने हो भने अहिलेको सुधार सरकारी सहजीकरणभन्दा पनि सरोकारका पक्षको स्वव्यवस्थापनको परिणाम बढी हो । सरकारले कोरोना कालमा स्वास्थ्य उपचारमा देखाएको गैरजिम्मेवारी र भ्रष्टाचार पुरानो भइसकेको छैन । महामारीका बेला सरकारी संयन्त्र प्रायः असफल हुनु, सरकारी संयन्त्रमा बसेमा पदाधिकारीले महामारीलाई समेत भ्रष्टाचारको मौका बनाउनु, सरकार लाचार र जनता निरीह हुने अवस्थाबाट अर्थतन्त्र र सामाजिक जीवनको अग्रगामी पुनरुत्थानको अपेक्षा गर्न मिल्दैन । कोरोनाको पहिलो र दोस्रो लहरबाट अस्तव्यस्त आर्थिक तथा सामाजिक दैनिकी लयमा फर्किनु सुखद संकेत हो । यतिबेलै कोरोनाको तेस्रो भेरियन्ट आमिक्रोनको त्रास पनि बढिरहेको छ । दक्षिण अफ्रिकामा देखिएको यो भेरियन्ट विश्वका करीब ५० देशमा पुगिसकेको छ । नेपालमै पनि यो संक्रमण पुष्टि भइसकेको अवस्थामा सरकार सम्भावित तेस्रो लहरलाई प्रतिकारको पूर्वतयारीमा कुन तहको तयारीमा जुट्छ ? अहिले पूर्वतयारीको गतिलो पूर्वाधार देखिएको छैन । दुवैपटक कोरोना उत्कर्ष रहँदा पूर्वाधार निर्माण देखिएको सक्रियता महामारी मत्थर भएसँगै सेलाएको छ । कोरोना महामारीको सम्भावित तेस्रो लहरबाट विश्व सशंकित भइरहेको अहिलेको अवस्थामा अर्थतन्त्रलाई कसरी चलायमान बनाइराख्न सकिन्छ र सम्भावित कोरोनाको प्रभावालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेमा सरकारले रणनीतिक तयारी अघि बढाउन विलम्ब गर्नु हुँदैन । अर्थतन्त्रको गति पनि त्यसबाट प्रभावित हुनेछ । अघिल्ला लहरमा सरकारको भूमिका फिलतो देखिएको अवस्थामा आगामी दिनमा यसको प्रतिकारमा सरकारले कस्तो कदम चाल्छ भन्नेमा अर्थतन्त्रको पुनरुत्थानको गति तय हुनेमा विवाद आवश्यक छैन । ठाकुर वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन् ।

विवादमा प्रधानन्यायाधीश: ‘सर्वोच्च संकट’ निकासका सम्भावित ५ परिदृश्य

सहकर्मी सबै १९ न्यायाधीशले अवज्ञा सुरु गरेको दुई सातासम्म पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बहिर्गमनका लागि तयार नभएपछि न्याय क्षेत्रको संकट चुलिएको छ । न्यायाधीश र कानुन व्यवसायीहरू राजीनामामा अडिग रहने तर प्रधानन्यायाधीशले पद नछाड्ने यो अवस्था कहिलेसम्म जारी रहन्छ भन्ने कान्तिपुरको प्रश्नमा विज्ञहरूले सम्भावित पाँच परिदृश्य औंल्याएका छन् ।