काठमाडौं । प्रहरी संगठनको छवि सुधार्न र जनहितको पक्षमा काम गर्न प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दुईवर्षे कार्ययोजना सार्वजनिक गरेका छन् । शुक्रवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक कुँवरले विभिन्न १३ लक्ष्य राखेर बनाइएको कार्ययोजना सार्वजनिक गरे ।
कार्ययोजनामा वैज्ञानिक तथा विशिष्टीकृत अनुसन्धान प्रणालीको विकास, प्रहरीसँग सम्बन्धित विद्यमान नीति तथा कानूनमा सुधार, प्रहरी सेवामा प्रविधिमैत्री प्रणालीको विकास, कल्याणकारी योजनाका विस्तारलगायत छन् ।
नयाँ कार्ययोजनाले प्रहरीको दक्षता वृद्धि हुनुका साथै सर्वसाधारणले गुणस्तरीय प्रहरी सेवा प्राप्त गर्ने अपेक्षा कुँवरले गरे ।