सामान्यतयाः बिहान खाली पेटमा चियासँग दिनको सुरुवात गर्ने प्रचलन छ । बिहान चियासँगै बिस्कुट वा पाउरोटी जस्ता खानेकुरा पनि खाने गरिन्छ । चियापछि विभिन्न खानेकुरा खाने गरिन्छ । जसमा प्रायः पुवा, समोसा, अमलेट, फलफूल आदि पर्छन् । बिहान खाली पेटमा खाइने कतिपय खानेकुराहरुलाई ध्यान दिन आवश्यक हुन्छ । जसले दिनभरी उर्जा दिनुका साथै शरीरमा आउने विभिन्न समस्याबाट पनि बचाउँछ । विशेषज्ञका अनुसार खाली पेटमा केही पदार्थहरु खान हुँदैन । बिहान खाली पेटमा खाने केही खानेकुराले आन्द्रामा गम्भीर नोक्सान पुर्याउँ