मानिसहरू बिहान उठेपछि खासै केही नखाई सीधै भात खाएर बस्छन् वा बाहिर निस्कन्छन् । तर यसो गर्दा पेटलाई नराम्रो असर पर्छ । पाचनतन्त्र सुस्त भएर पेटको रोग लाग्छ ।
त्यसैले भात खानुअघि खाली पेटमा उचित पोषण दिने खानेकुरा खानु स्वास्थ्यका लागि हितकर हुन्छ । यहाँ हामी बिहान के लिने भनी चर्चा गर्दैछौं ।
तुलसी
तुलसीमा भिटामिन, क्याल्सियम, आइरन तथा एन्टीअक्सिडेन्ट गुणहरू भरपूर हुन्छ । यसले शरीरलाई रोगबाट बचाइराख्न सहायता गर्छ । बिहान खाली पेट तुलसी राखेको पानी पिउँदा रोगप्रतिरोधक क्षमता बढाउन सहायता पुग्छ । मौसमी रुघाखोकी...