काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले २५ वर्षमुनि उमेर समूहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएको कारण विद्यालय बन्द गर्नुपरेको बताएका छन्।सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले २५ वर्षभन्दा मुनिका उमेर समूहमा कोरोना भाइरस संक्रमणको दर बढेकाले पठनपाठनलाई अनलाइन माध्यमबाट गर्नेगरी वैशाख मसान्तसम्मका लागि विद्यालय बन्द गरिएको बताए।उनले भने, ‘२५ वर्षभन्दा तलका उमेरका विद्यार्थी भाइबहिनीहरुमा यसको प्रभाव