प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सङ्घीय शिक्षा ऐन चाँडो संसद्मा ल्याउन र विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पुनः निर्देशन दिएको छ ।समितिको मंगलबारको बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेल, मन्त्रालयका सचिव यादव कोइराला, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिल झालगायतसँग छलफल गरेपछि सभापति जयपुरी घर्तीले सो निर्देशन दिएका हुन् । शैक्षिकसत्र सुरु भइसकेको दुई महिना बितिसक्दा पनि विद्यालय तहका सबै पाठ्यपुस्तक उपलब्ध नभएको विषयम