हैदराबाद । सडक दुर्घटनामा ज्यान गुमाएका नेपाली युवा सन्तबहादुर सिञ्जालीको परिवारलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले क्षतिपुर्ती दिलाएको छ ।
पाल्पा पूर्वखोला गाउँपालिका ६ घर भै हाल हैदराबाद महानगरपालिका अन्तर्गत चैतन्यपुरीमा अबस्थित अमरावती होटल एण्ड रेस्टुरेण्टमा कार्यरत ४० वर्षीय सन्तबहादुर सिञ्जाली डिउटीबाट आफ्नो कोठातिर फर्किने क्रममा सुपर्जा अस्पतालको एम्बुलेन्सले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण हैदराबाद नगर समिति अन्तर्गत आटोनगर यल्बिनगर एरिया समितिका सदस्य रामप्रसाद पन्तलाई प्राप्त भएपछी उहाँले समाजका केन्द्रीय सचिव प्रेम पौडेल, मध्य दक्षिण क्षेत्रीय सदस्य रतनसिंह र क्षेत्रीय सदस्य कृष्ण बहादुर थापालाई जानकारी गराउनु भएको थियो ।
उक्त घटनाको जानाकारी पाउनासाथ केन्द्रीय सचिव प्रेम पौडेल, क्षेत्रीय सदस्य रतनसिंह, क्षेत्रीय सदस्य कृष्णबहादुर थापा र रामप्रसाद पन्थ सहितको टोली तुरुन्तै घटना स्थलमा पुगेको थियो ।
उक्त अस्पतालको मेनेजमेन्टसँग लामो वार्तापछि क्षतिपुर्ती निश्चित नभएसम्म मृतकको शव नबुझ्ने अडान प्रतिनिधि मण्डलले लिएको थियो । दुई दिनसम्म अस्पताल प्रशासन र पुलिस प्रशासनसँगको लगातार वार्ता पश्चात् मृतकका परिवारलाई ३ लाख १५ हजार क्षतिपुर्ती दिने र बाँकी एम्बुलेन्सको इन्सुरेन्स भएकोले इन्सुरेन्सको लागि मुद्दा लड्ने सहमती भएको थियो ।
यहि ९ जनबरी २०२१ का दिन इन्सुरेन्समा २५ लाखको डिमाण्ड सहितको मुद्दा दायर गर्न वकिल समेतको व्यवस्था मिलाई १० जनवरी २०२१ का दिन १९ वर्षीय छोरा संजु सिञ्जालीलाई उक्त रकम हस्तान्तरण गरिएको छ । काजकृया गरि फर्कने गरि सुनौलीसम्म बसको समेत व्यवस्था समाजको पहलमा गरिएको थियो । र उहाँहरुकै आफन्त कमल दर्लामीको जिम्मा लगाएर स्वदेश पठाइएको केन्द्रीय सचिव प्रेम पौडेलले जानकारी दिनुभएको छ ।
स्मरण रहोस्ः उक्त मुद्दामा अस्पताल प्रशासनले पुलिस प्रशासनसँगको मिलेमतोमा पीडितहरुलाई धम्क्याउने र क्षतिपुर्ती बिना नेपाल फिर्ता पठाउनेसम्मको षड्यन्त्र गरेको संगठनका नेता कार्यकर्ताहरुले थाहा पाएका थिए । मूल प्रवाहका प्रतिनिधि मण्डलले तत्काल क्षतिपुर्ती र इन्सुरेन्सको मुद्दा समेत आफ्नै मातहतमा गर्ने चट्टानी अडान लिएपछी अन्ततः उनीहरु झुक्न बाध्य भएका थिए ।
मूल प्रवाहले मृतकको परिवारलाई क्षतीपुर्ती र ...