मुगु बस दुर्घटनामा ज्यान गुमाएका सबैकाे पहिचान खुल्याे (सूचीसहित)

मुगु - हिजाे मङ्गलवार मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैकाे पहिचान खुलेकाे छ । बस दुर्घटनामा ज्यान गुमाएका ३२ जनाकै पहिचान खुलेकाे हाे ।  नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस दिउँसो १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटनामा परेको थियो । बसमा ४६ जना थिए । ब्रेक फेल भएर बस दुर्घटना भएको अनुमान गरिए पनि पुष्टि भएको छैन । घटनाको अनुसन्धान भइरहेको छ । दुर्घटना पछि मुगु जिल्ला शोकमा डुबेको छ । ​सूचीसहित : 

सम्बन्धित सामग्री

मुगु बस दुर्घटना : मृतकका परिवारलाई पाँच लाख बिमा रकम हस्तान्तरण

बस दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पाँच लाख रुपैयाँका दरले बिमा रकम हस्तान्तरण गरिएको छ । गत २६ असोजमा नेपालगञ्जबाट मुगु आउँदै गरेको यात्रुवाहक बस पिनाको तपने खोलामा दुर्घटना भएको थियो ।दुर्घटनामा परी ज्यान गुमाएका ३३ जनाको घरपरिवारलाई सो रकम हस्तान्तरण गरिएको हो । बस दुर्घटना भएको झन्डै नौ महिनापछि रारा छायानाथ यातायत प्रालिले बिमा गरी लुम्बिनी इन्स्योरेन्सबाट निकासा गरी बिमाबापतको रकम हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । ज्यान गुमाएका परिवारलाई सबै गरी एक करोड

मुगु बस दुर्घटना : ज्यान गुमाएका २४ जनाको सनाखत

काठमाडौं । मुगुको पिनाखोलामा भएको बस दुर्घटनामा परी मृत्यु भएका मध्ये २४ जनाको सनाखत भएको छ । दुर्घटनामा ३२ जनाको मृत्यु भएको थियो । मंगलबार दिउँसो सुर्खेत हुँदै मुगुको गमगढीतर्फ जाँदै गरेको भे१ख ३१६७ नम्बरको बस मुगुको छाँयानाथ रारा नगरपालिका–७, पिनाखोलामा दुर्घटना भएको हो । मृतकमध्ये २४ जनाको सनाखत भएको जिल्ला प्रहरी...