दुर्घटनामा ज्यान गुमाएका मन्त्री सिंहको अन्त्येष्टि

९ असार, धनगढी । गाडी दुर्घटनामा ज्यान गुमाएका सुदूूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुुर सिंहको शनिबार अन्त्येष्टि गरिएको छ । सिंह र उनकी पत्नी अमृतादेवीको बझाङको सेती नदीको धौला बगर मसानघाट डुंग्रीमा शनिबार दिउँसो अन्त्येष्टि गरिएको हो । मन्त्री सिंहलाई सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र परराष्ट्र मन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता एनपी साउदले राष्ट्रिय […]

सम्बन्धित सामग्री

बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको सामूहिक अन्त्येष्टि

नेपालगञ्ज- बाँकेको शमशेरगञ्जमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ। ठाकुरबाबा नगरपालिकाको हात्तिसार नजिकैको मनाउ घाटमा आइतबार बिहान सामूहिक अन्त्येष्टि गरिएको नगर प्रमुख तिलकराम लम्सालले जानकारी दिए। नगरपालिकाको वडा नं ९ का काशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु, चानुराम थारुको सामूहिक अन्त्यष्टि गरिएको हो। चालक वडा नं […]

कीर्तिपुर ४ का वडाध्यक्ष अधिकारीको विष्णुदेवीघाटमा अन्त्येष्टि

काठमाण्डाै – मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको अन्त्येष्टि गरिएको छ । कीर्तिपुर नगरपालिकाको सिमाना चन्द्रागिरि नगरपालिकामा रहेको विष्णुदेवीघाटमा उहाँकाे अन्त्येष्टि गरिएको हो ।  अन्त्येष्टिअघि अधिकारीकाे पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि कीर्तिपुर नगरपालिकाको कार्यालयमा राखिएको थियो । श्रद्धाञ्जलीपछिको शवयात्रामा कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका नेता कार्यकर्ता, शिक्षक, विद्यार्थी, व्यापारीसहित स्थानीयवासीकाे ठूलो सङ्ख्यामा उपस्थि...

काभ्रे बस दुर्घटना : एकै परिवारका ८ जनाको सामूहिक अन्त्येष्टि गरिँदै

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका ८ जनाको सामूहिक अन्त्येष्टि गरिँदै छ । तामाङ परम्परा अनुसार स्वयम्भूमा सामूहिक अन्त्येष्टि गर्न लागिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । १७ जनाको मृत्यु हुनेगरी भएको दुर्घटनामा बनेपा नगरपालिका वडा नम्बर ११ का एउटै परिवारका ८ जनाको मृत्यु भएको हो […]

एकै परिवारका सात जनाको अन्त्येष्टि, झलनाथले गरे अन्तिम बिदाइ

तारा एयर दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका सात जनाको बिहीबार अन्तिम संस्कार गरिएको छ । गत आइतबार पोखराबाट जोमसोम जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा धनुषाका मकरबहादुर तामाङ, सुकुमाया तामाङ,  राजन गोले,  इन्द्रबहादुर गोले,  राममाया गोले,  पुरुषोत्तम गोले र तुलसादेवी तामाङको मृत्यु भएको थियो ।शवको पोस्टमार्टम सकिएपछि  बिहीबार टिचिङ अस्पतालबाट आफन्तलाई शव हस्तान्तरण गरिएको थियो । शव हस्तान्तरण गरेलगत्तै मृतकको अन्तिम संस्कार गरिएको हो । स्वयम्

जिप दुर्घटनामा ज्यान गुमाएका चार जनाको सामूहिक अन्त्येष्टि

स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कमा भएको जीप दुर्घटनामा ज्यान गुमाएका चार जनाको सोमबार साँझ सामूहिक अन्त्येष्टि गरिएको छ । बायाँटारीको बन्चरेस्थित आँधीखोला नदीको किनारमा मगर संस्कारअनुसार दाहसंस्कार गरिएको स्थानीयले बताएका छन् ।

एक वर्षको अवधिमा २२४ नेपालीले साउदीमा ज्यान गुमाए, ३५ जनाको उतै अन्त्येष्टि

काठमाण्डौ –  गएको एक वर्षमा साउदीमा मात्रै दुई सय २४ नेपालीको ज्यान गएको छ । सन् २०२१ भरीमा दुई सय २४ नेपालीले साउदीमा दुर्घटना लगायत विविध कारणले साउदीमा ज्यान गुमाएको साउदीमा रहेको नेपाली दूतावासले उल्लेख गरेको छ । ज्यान गुमाएका मध्ये एक सय ८९ जनाको शव स्वदेश ल्याइएको छ भने ३५ जनाको साउदीमै अन्तिम संस्कार गरिएको छ ।  मृतक नेपालीले मृत्यु हुनुअघि साउदीमा पाउनु पर्ने ३३ लाख ८२ हजार ६ सय ६८ साउदी रियाल प्राप्त गरी दूतावासले स्वदेश पठाएको छ । विभिन्न समयमा सडक दुर्घटनामा परी ज्यान गुमाएका २०...

https://www.onlinekhabar.com/2020/02/839343

१२ फागुन, विराटनगर । भारतको तामिलनाडुमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका इटहरीका ६ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । गत बुधबार राति तीर्थयात्राका क्रममा भारतको तामिलनाडुमा ज्यान गुमाएका इटहरीका ६ जनाको सोमबार बुढी खोलामा सामूहिक …

बस दुर्घटनामा ज्यान गुमाएका १२ जनाको सामूहिक अन्त्येष्टि

पाल्पा  – पाल्पामा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाएका १४ मध्ये १२ जनाको राम्दीघाटमा सामूहिक अन्त्येष्टि गरिएको छ ।  मृतक मुना सारुको छोरा जापानबाट नेपाल फर्किदै गरेको र क्षेत्रमान शाक्यको छोरा जिल्ला बाहिरबाट आउँदै गरेकोले दुई जनाको बाहेक अरुको आइतबार राम्दीघाटमा अन्त्येष्टि गरिएको आफन्तले जनाएक...