पूर्वी नाका काँकडभिट्टामा रहेको मेची भन्सार कार्यालयमा कुनै समय आयात र निर्यात गरिएका सामग्री राख्नै ठाउँ अभाव हुन्थ्यो । अहिले एकैपटक दुई सय गाडी अटाउने गोदाम छ । इन्टर मोडल विकास समितिले दिएको ठेक्काअनुसार यसको व्यवस्थापन ट्रास नेपालले गरिरहेको छ ।तर भन्सारमा आयत निर्यातमा हुने वस्तुको मापनमा भने परम्परागत शैली प्रयोग हुँदै आएको छ । […]