कैलालीकी जोशीपुर गाउँपालिका–६ सिमरीकी नरिता चौधरी बिहानैदेखि थारु परिकार बनाउन व्यस्त देखिन्छिन् । घोंगी, गंगटा, लोकल कुखुरा, बंगुर र मुसालगायतका विभिन्न खान्की बनाउन उनलाई भ्याइनभ्याई छ । घरमा विवाह वा ब्रतबन्ध भएर यसरी थारु परिकार बनाउन लागेकी भने होइनन् ।