जाडोमा स्वादिलो भक्का

विराटनगर : तराईका आदिवासीको भन्सामा खाजाको रूपमा पाक्ने मौलिक परिकार ‘भक्का’ले पछिल्लो समय व्यावसायिक रूप लिँदै गएको छ। विशेष गरेर चिसो बढेसँगै बिहान र साँझको समयमा भक्काको परिकार बनाइन्छ।राजवंशी समुदायले खाजाको रूपमा चामलको पिठोबाट तयार पार्ने भक्का घरको चुलामा मात्रै सीमित नरहेर आम्दानीको माध्यम समेत बन्दै गएको छ। केही वर्षअघिसम्म जाडो छल्न बिहान र साँझको समयमा घरपरिवार, आफन्तहरूसँग मिलेर खाने गरेको भक्का पछिल्लो समय यसको स्वादको लोकप्रियता अन्य समुदायमा बढेसँगै व्या