काठमाडौं : उच्चस्तरीय राजनीतिक समन्वय समितिको बिहीवार बस्ने बैठकमा स्थानीय तह तथा संसदको निर्वाचनबारे छलफल हुने भएको छ। गठबन्धनमा आवद्ध दलका नेताहरुका अनुसार मंगलवार बसेको बैठकमा पनि चुनावबारे छलफल भए पनि निर्णय हुन सकेन।
सबै शीर्ष नेताहरु सहभागी नभएपछि मंगलवारको समन्वय समितिको बैठकमा फेरि बिहीवार छलफल गरेर निष्कर्ष मा पुग्ने सहमति भएको थियो।…