काठमाडौं।दलीय संगठनसँगै समाजमा प्रभाव राख्ने नेताहरु उम्मेदवारको टिकट नपाएपछि किनारामा आइपुगेका छन्। तीमध्येका हुन्, काँग्रेसका मिनेन्द्र रिजाल, एमालेका भीम रावल, काँग्रेसका स्वर्णिम वाग्ले, माओवादीका हरिबोल गजुरेल। यसपालीको चुनावबाट रिङ आउट भएका चर्चित नेता हुन् स्वर्णीम वाग्ले। काँग्रेसले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई टिकट दिएन। काँग्रेस नेता डा. मिनेन्द्र रिजाल, माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल र एमालेका भीम रावलले अन्तिम समयमा टिकट पाएनन्।
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल टिकट पाएनन्। सिन्धुली(२ मा माओवादीले जिल्ला अध्यक्ष राजन दाहाललाई अघि सारेको छ। सो क्षेत्रमा नेता गजुरेलले निरन्तर जित्दै आएका थिए।
काठमाडौं । जिल्लाबाट लगातार चुनाव जित्दै आएका नेकपा माओवादी केन्द्रमा उपमहासचिव हरिबोल गजुरेल यपाली चुनवा नलड्ने भएका छन् । माओवादीले सिन्धुली–२ बाट जिल्ला इन्चार्ज समेत रहेका राजन दाहाललाई उम्मेदवार बनाउने भएको छ । दाहालले पार्टीले निर्णय गरेर आफूलाई टिकट दिएको बताए। गजुरेलले २०६४ देखि सिन्धुलीबाट लगातार चुनाव जित्दै आएका थिए।