माओवादी केन्द्रबाट हरिबोल गजुरेलले पाएनन् टिकट

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल टिकट पाएनन्। सिन्धुली(२ मा माओवादीले जिल्ला अध्यक्ष राजन दाहाललाई अघि सारेको छ। सो क्षेत्रमा नेता गजुरेलले निरन्तर जित्दै आएका थिए।