राष्ट्रिय सहकारी बैंकको स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय सहकारी बैंक र अध्यक्ष केबी उप्रेतीलाई सहकारीका समस्यामा जोडेर सार्वजनिक भएका समाचारप्रति बैंकले ध्यानाकर्षण भएको बताएको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै बैंकले संस्थागत सुशासनसहित सहकारी क्षेत्रको प्रवर्द्धन र विकासमा बैंक केन्द्रित रहँदै आएको स्पष्ट पारेको छ । सहकारीको संस्थागत विकास, वित्तीय व्यवस्थापन लगायत सहकारीको समग्र विकासमा सक्दो पहल, प्रयत्न र संयोजनकारी भूमिका निर्वाह गर्दै आएको बैंकको भनाइ छ ।  बैंकले भनेको छ, ‘समाचार र त्यसका आधारमा हुने गरेका चर्चाहरूको पछि नलाग्न तथा बैंकको बारेमा सत्यतथ्य बुझेर धारणा बनाउन आग्रह गर्दछौं ।’  एकीकरण हुनुभन्दा अगाडि पाँचओटा सहकारी संस्थामा बैंकले करीब १ अर्ब रुपैयाँ कर्जा लगानी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘जसमा साविकको सदस्य संस्था– हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बैंकको कर्जा रकम २८ करोड रुपैयाँमात्र रहेको जानकारी गराउँछौं,’ बैंकले भनेको छ । बैंकको नीति बमोजिम सबै सहकारीको एकल कर्जा सीमाभित्रै रहेको अवस्थामा एकीकरण भएका सबै संस्थाले लिएका कर्जाको कुल रकम बढी देखिएको बैंकले स्पष्ट पारेको छ ।  ‘सहकारी विभागले सम्बन्धित संस्थाले नै बैंकको कर्जा सीमाभित्र ल्याउने योजनाका साथ एकीकरण गर्न अनुमति दिएको र बैंकको नीति अनुसार आगामी तीन वर्षभित्र एकीकृत संस्थाले कर्जालाई सीमाभित्र ल्याउनुपर्ने व्यवस्था रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ । नेपाल राष्ट्र बैंक र सहकारी विभाग समेतको निर्देशन अनुसार आफ्ना सम्पूर्ण वित्तीय विवरण सार्वजनिक गर्दै आएको बैंकले बताएको छ । 

सम्बन्धित सामग्री

सहकारीलाई उत्पादनसँग जोड्न जरुरी छः के.बी उप्रेती, अध्यक्ष राष्ट्रिय सहकारी बैंक

काठमाडौं, २० असार । विश्वमा देखापरेको आर्थिक मन्दीको असर नेपालमा पनि देखा पर्न थालेको छ । विश्व आर्थिक मन्दीका असर नेपालका प्रायः सबै क्षेत्रमा देखा परिरहेको छ । त्यसमध्ये पनि सहकारी क्षेत्र धरासयी बनेको छ । नेपालको कूल अर्थतन्त्रको लगभग १९ प्रतिशतभन्दा बढी भार ओगटेको सहकारी क्षेत्र धरासायी हुँदा बचतकर्ताहरु मारमा परेका छन् । ‘सहकारी […]

सहकारीहरूका लागि सहकारी पहिचानसहितको कोप कार्ड सेवा सुरू

स्मार्ट च्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आईएमई बैंकको सहकार्यमा सहकारीहरूका लागि कोप कार्ड सेवा सुरु भएको छ ।

राष्ट्रिय सहकारी बैंक २० औं वर्षमा, २ अर्ब ९१ करोड चुक्ता पुँजी पुग्यो

राष्ट्रिय सहकारी बैंक २० औं वर्षमा प्रवेश गरेको छ । २०६० सालमा सहकारी ऐन बमोजिम सञ्चालनका साथै राष्ट्र बैंकबाट बैंकिङ कारोबारको अनुमति पाएको बैंकले साउन १९ गते आफ्नो बैंकिङ कारोबारको सफलता पूर्वक १९ वर्ष पुरा गरेको हो । १९ वर्षे आफ्नो यात्रामा बैंकले सहकारी क्षेत्रलाई नै आफ्नो प्रमुख कार्यक्षेत्र बनाई २ अर्ब ९१ करोड रुपैयाँ चुक्ता पुँजी पु¥याउन सफल भएको छ । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म संस्थाको कुल सम्पति ६० अर्ब पु¥याउन सफल बैंकले ७७ वटै जिल्लामा आफ्नो सदस्यता विस्ता

ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सम्झौता

ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच त्रिपक्षीय सम्झौता भएको छ । ‘सहकारीहरुका लागि सहकारी’ पहिचान सहितका ‘कोप कार्ड’ जारी गर्नेसम्बन्धमा उक्त सम्झौता गरिएको हो । एक कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, स्मार्ट च्वाइसका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय सहकारीका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईंले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यसरी प्रदान गर्ने कार्ड अन

सहकारी संस्थाहरुको अब आफ्नै एटीएम

२२ फागुन, काठमाडौं । सहकारी संस्थाहरुको अब आफ्नै एटीएम कार्ड जारी हुने भएको छ । आइतबार कार्ड जारी गर्ने विषयमा राष्ट्रिय सहकारी बैंक, स्मार्ट च्वाइस टेक्नोलोजिज (एसटीसी) र ग्लोबल आइएमई बैंकबीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता पत्रमा एससिटीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु, ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज […]

सहकारी पहिचानसहितको कोपकार्ड जारी गर्ने त्रिपक्षीय सम्झौता

ग्लोबल आईएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सहकारी पहिचानसहितको कोप (Coop) कार्ड जारी गर्ने सम्झौता भएको छ ।

सहकारी बैंकको तालिम

का राष्ट्रिय सहकारी बैंक लिमिटेड कावासोती शाखाले कर्जा तथा जोखिम व्यवस्थापन तालिम आयोजना गरेको छ । सदस्य सहकारी संस्थाहरुको वित्तीय व्यवस्थापनका साथै कर्जा परिचालन र जोखिम न्यूनिकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो ।सहकारी संघ संस्थाहरुले आफ्ना सदस्यहरुलाई प्रवाह गर्ने कर्जालाई व्यवस्थित तथा जोखिम रहित बनाउनका लागि तालिम सहयोगी भएको सहभागीहरुले बताएका थिए […]