विभागका महानिर्देशक पौडेलको छोटो समयमै सरुवा

काठमाडौं । राजस्व छल्नेहरूविरुद्धको कारवाहीलाई तीव्र बनाएका राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेललाई साढे आठ महिनामा नै सरुवा गरिएको छ । राजस्व छली गर्नेविरुद्ध आक्रामक कारबाही थालिरहेका उनलाई एक्कासी सरुवा गरिएको हो । पौडेलको सरुवालाई चासोका रूपमा हेरिएको छ । चालू आर्थिक वर्षको साढे आठ महिनाको अवधिमा विभागले झन्डै २२ अर्ब रुपैयाँ राजस्व छलीका मुद्दा […] The post विभागका महानिर्देशक पौडेलको छोटो समयमै सरुवा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

राजस्व अनुसन्धान विभाग : छोटो समयमै नेतृत्व फेरिँदा कार्यसम्पादनमा असर

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राजस्व अनुसन्धान विभागमा छोटो समयमै नेतृत्व परिवर्तन भइरहँदा कार्यसम्पादनमा असर परेको छ । पछिल्लो समय विभागको महानिर्देशक बनेका मदन दाहाल जिम्मेवारी सम्हालेको चार महीना नपुग्दै सरुवा भएका छन् । २ वर्षमा विभागमा चार महानिर्देशक परिवर्तन भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभागका महानिर्देशक झलकराम अधिकारीलाई गत कात्तिकमा फिर्ता बोलाएको थियो । गत असारमा महानिर्देशकमा नियुक्त अधिकारीलाई साढे ४ महीनामै मन्त्रिपरिषद् कार्यालय झिकाएर दाहाललाई महानिर्देशक बनाइएको थियो । देउवा नेतृत्वको सरकारले महानिर्देशक बनाएको ९ महीनामै प्रकाश पौडेललाई फिर्ता बोलाएको थियो । पौडेलको पालामा महान्यायाधिवक्ताको असहमति हुँदाहुँदै पनि बोटलर्स नेपालको कर छली प्रकरणमा मुद्दा दायर भएको थियो । पौडेलअघि विभागमा महानिर्देशक रामप्रसाद आचार्य थिए । उनको पनि ७ महीनामै सरुवा भएको थियो । पटकपटक महानिर्देशक परिवर्तन हुनुलाई विभागका कर्मचारी असामान्य मान्छन् । तीन महीनाअघि दाहाल महानिर्देशक बनेपछि भन्सारमा हुने राजस्व छलीमा कडाइ गरेका थिए । भन्सारमा कडाइ गरिएसँगै दाहालको सरुवा गर्न विभिन्न समूह लागिपरेका थिए । महानिर्देशक दाहालका अनुसार विभागमा तीन महीनामा राजस्व चुहावटतर्फ १९९ ओटा सूचना आएकोमा ६४ करोड ३१ लाख रुपैयाँ मागदाबीसहित ६ ओटा मुद्दा दर्ता गरिएको छ । अरू अनुसन्धानको चरणमा छन् । विदेशी विनिमय अपचलनमा ६ ओटा सूचना आएको र ५ ओटा मुद्दा दर्ता भएको विभागले जानकारी दिएको छ । यसमा ५२ लाख ३३ हजार रुपैयाँ मागदाबीसहित मुद्दा दर्ता भएको छ । दाहाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् । यस्तै वेबमा आधारित मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस)को प्रयोगकर्ता १ लाख ९० हजार १४२ पुगेको छ । यस्तो अनुगमनबाट ७६ ओटा कम्पनीलाई ५८ लाख १८ हजार रुपैयाँ जरीवाना गरिएको छ । कर र भन्सार छलीसम्बन्धी अनुसन्धान गर्ने जिम्मेवारी पाएको विभागको नेतृत्व पछिल्लो समय छिटो–छिटो परिवर्तन भइरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सत्तामा आएसँगै नयाँ सरकारले विभागको नेतृत्वको फेरेको हो । हालसम्म विभागमा आउने महानिर्देशकको टुंगो लागिनसकेको सूचना अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए । उनका अनुसार विभागमा नेतृत्व फेरिरहँदा अस्थिरता पैदा भएको छ । विभागका कर्मचारीका अनुसार नेतृत्व अस्थिर हुनु, कर्मचारीको अभाव, सूचना कम आउनु र विभागको विद्यमान प्रणालीमा सुधार नआउनुजस्ता कारण विभागको मुद्दा दर्तामा समेत अपेक्षित प्रगति हुन सकेको छैन । विभाग स्थापना हुनुपूर्व राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले २०३४ सालमा अर्थ मन्त्रालयमा राजस्व अनुसन्धान महाशाखाको स्थापना भएको थियो । पछि राजस्व चुहावट नियन्त्रण गर्न एक विशिष्टीकृत निकायको रूपमा अर्थ मन्त्रालयअन्तर्गत राजस्व अनुसन्धान विभाग २०५० सालमा स्थापना भएको थियो । प्रारम्भमा कर राजस्व चुहावट सम्बन्धी अनुसन्धान र अभियोजन गर्ने क्षेत्राधिकार पाएको विभागले आर्थिक वर्ष २०६५/६६ देखि गैरकर राजस्व चुहावटसम्बन्धी अनुसन्धान गर्ने र अभियोजन गर्ने क्षेत्राधिकार समेत प्राप्त गरेको छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक अधिकारीद्वारा पद बहाली

काठमाडौँ । नवनियुक्त राजश्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले बुधवार(आज) पद बहाली गरेका छन् । केही दिन अघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका अधिकारीलाई सरकारले विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो । करिब ९ महिना अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको महत्त्वपूर्ण विभागको तत्कालिन महानिर्देशक प्रकाश पौडेलको सङ्घीय […]

राजस्व अनुसन्धान विभागका महानिर्देशक पौडेलको सरुवा

३१ जेठ, काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको छ । सरकारले उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको हो । उनको ठाउँमा पठाउने तयारी स्वरुप सहसचिव झलकराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयस्रोतका अनुसार, विभागमा विचाराधिन केही मुद्दामा राजनीतिक दवाव परेपछि उनी […]

पौडेलको कार्यकालमा ११५ मुद्दा, २० अर्ब बिगो

राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको छ । साढे ८ महिना राजस्वको नेतृत्व सम्हालेका पौडेलको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको हो ।

विभागका महानिर्देशक पौडेलको छोटो समयमै सरुवा

काठमाडौं, जेठ ३१ । राजस्व छल्नेहरूविरुद्धको कारवाहीलाई तीव्र बनाएका राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेललाई साढे आठ महिनामा नै सरुवा गरिएको छ । राजस्व छली गर्नेविरुद्ध आक्रामक कारबाही थालिरहेका उनलाई एक्कासी सरुवा गरिएको हो । पौडेलको सरुवालाई चासोका रूपमा हेरिएको छ । चालू आर्थिक वर्षको साढे आठ महिनाको अवधिमा विभागले झन्डै २२ अर्ब रुपैयाँ राजस्व […]

राजश्व अनुसन्धानबाट प्रकाश पौडेलको सरुवा

३० जेठ, काठमाडौं । राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको छ । विभागमा नयाँ महानिर्देशक नतोकिंदै पौडेलले सोमबार विभागबाट सरुवाको रमना लिएको विभाग स्रोतले बतायो । पौडेलले गत असोज १८ गते विभागको महानिर्देशकको जिम्मेवारी पाएका थिए । पौडेल त्यसअघि वाणिज्य विभागको महानिर्देशक थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको उक्त कार्यालयमा नयाँ महानिर्देशकको […]

राजश्व विभागका महानिर्देशकको सरुवा : ८ महिनामा ६९ मुद्दा, साढे १० अर्ब बिगो

काठमाडौँ । राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको छ । करिब ९ महिना अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको महत्त्वपूर्ण विभागको महानिर्देशकमा नियुक्त पौडेलको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको हो । उनलाई सरकारले २०७८ असोज १८ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकबाट अनुसन्धान विभागको प्रमुख बनाई पठाइएको […]

अर्थ मन्त्रालयमा भित्रिए ५ जना नयाँ सहसचिव, को–को आए ?

कार्यभार सम्हालेको ६ महिना नबित्दै आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलको सरुवा भएको छ। गत २ भदौमा विभागको महानिर्देशक भएका पौडेल अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएका छन । यसअघि आन्तरिक राजस्व विभागले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेपछि अर्थमन्त्री जनार्दन शर्मा अहिले सरुवा गरिएका पोडेलसँग सन्तुष्ट थिएनन् । बिहीबार चाल आर्थिक वर्षका लागि विनियोजित बजेटको अर्धवार्षिक समीक्षा गरेलगत्तै अर्थमन्त्री शर्माले विभागका महानिर्देशक पौडेललाई अन्य ठाउँमा सरुवा गराउनेदेखि लिए...