भूमि व्यवस्थापन विभागका महानिर्देशक शेषनारायण पौडेलको सरुवा, महेश बराललाई ल्याउने तयारी

काठमाडौं। भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेललाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ। १८

सम्बन्धित सामग्री

जग्गा प्रशासनमा सफल शेषनारायण पौडेल वैदेशिक रोजगार विभागको महानिर्देशक नियुक्त

माघ २५, काठमाडौं । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेष नारायण पौडेललाई वैदेशिक रोजगार विभागको महानिर्देशक नियुक्त गरेको छ । यस अघि भूमि व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशक हुँदा जग्गा प्रशासन सुधारमा उल्लेख्य काम गरेका थिए । १२६ वटै मालपोत कार्यालयमा अनलाइन प्रणाली लागू गरेका पौडेलले बैंक तथा वित्तीय संस्थालाई भूसेवा केन्द्रको अनुमति समेत दिएका थिए । स्थानीय तहलाई पनि भूसेवा केन्द्रको अनुमति दिएका पौडेलको पालामा देशभरका दर्जन बढी मालपोत कार्यालयलाई नमुना मालपोत कार्यालय बनाएका थिए । जग्गा प्रशासनको इतिहासमै पहिलोपटक पौडेलकै पालामा उनी सहित ४ जना कर्मचारीले राष्ट्रपति र सरकारबाट पाउने सरकारी सम्मान र पदक समेत पाएका थिए । भूमि विभागमा आउनु अघि पौडेल पोखरा महानगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत रहेका थिए । त्यो भन्दा अघि, रामेछाप, बागलुङ र मोरङको प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए । प्रविधि मैत्री र सेवा प्रवाह सुधारमा देखिने गरि काम गर्ने पौडेल, प्रशासन र प्रविधि सुधारको खाँचो रहेका सरकारी कार्यालयको रोजाइमा परेका छन् । वैदेशिक रोजगार विभागमा एक वर्ष भन्दा कम समय मात्रै काम गर्न पाउने भएकाले छोटो समयमै प्रविधि मैत्री सेवा दिन र हजारौ श्रमिकका गुनासो सम्बोधन गर्न पौडेललाई चुनौती छ । तर अहिलेसम्म नेतृत्व लिएका कार्यालयमा देखिने गरि परिवर्तन ल्याउन सफल पौडेलले वैदेशिक रोजगारीको क्षेत्रमा रहेका समस्याहरु पनि समाधान गर्न सक्षम हुने उनलाई नजिकबाट चिन्ने सहकर्मीहरुले बताएका छन् । आगामी वर्ष उच्च शिक्षा अध्ययनको लागि पौडेल जापान जाँदै छन् ।

घर जग्गा रोक्का र फुकुवा गर्न मालपोत जानुपर्ने बाध्यताको अन्त्य

घर जग्गा रोक्का तथा फुकुवाका लागि मालपोत कार्यालय धाउनु पर्ने सञ्चयकर्ताको बाध्यता हटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र कर्मचारी सञ्चय कोषबीच जग्गा रोक्का फुकुवा र धितो पास अनलाइन प्रणालीबाट गर्ने सहमति पत्रमा हस्ताक्षर भएसँगै यस्तो बाध्यता हटेको हो ।मंगलबार विभाग र कोषबीच भू–सेवा प्रणालीमार्फत धितो रोक्का/फुकुवा सम्बन्धमा सम्झौता भएको हो । सम्झौतामा विभागका महानिर्देशक शेषनारायण पौडेल र कोषका निमित्त प्रशासक जितेन्द्र धितालले हस्ताक्षर गरेका छन् ।सम्झौता पत्रमा हस्ताक्षरका लागि आयोजित कार्यक्रममा विभागका महानिर्देशक पौडेलले मालपोत कार्यालयहरूलाई फेस लेस र क्यास लेस बनाउने अभियानमा विभाग रहेको र यो सम्झौता पनि यही अभियानकै उपलब्धि भएको बताए । अनलाइन मार्फत नै काम हुने भएपछि घर जग्गा रोक्का फुकुवा गर्न मालपोत पुग्नुपर्ने बाध्यता हटेपछि सञ्चयकर्ताको समयको पनि बचत हुने पौडेलको विश्वास छ ।सञ्चय कोषका निमित्त प्रशासक धितालले विभागले जग्गा प्रशासनमा सूचना प्रविधिको अधिकतम् प्रयोग गर्दै आएकोमा प्रशंसा गरे । विभागको यस किसिमको कदमले डिजिटल नेपालको सरकारको अवधारणालाई सहयोग पुग्ने उनको विश्वास छ । विभाग र कोषबीच भएको यो समझदारीसँगै अब कोषमा आबद्ध सञ्चयकर्ताहरू जग्गा रोक्का तथा फुकुवा र धितो पासका लागि मालपोत कार्यालय जानुपर्ने बाध्यता हटेको छ । यो समझदारी भदौ ३१ गते बिहिबारबाट लागू हुनेछ ।