काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले हर्षल पाठकलाई नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । क्याले मंगलबार पाठकलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। मंसिर २९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १२.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १२.५० प्रतिशत नगद लाभांश रहेको छ। उक्त लाभांश नेपाल […]
नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत मंगलबार निर्वाचन हुँदैछ। निर्वाचनमा स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका डा झलक शर्मा गौतम केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन्। उनी स्वास्थ्य सेवामा महाशाखा प्रमुखसम्म भएर अवकाश प्राप्त गरेका हुन्।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ। मंसिर २९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको करसहित १०.१७८० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।
काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा सहभागी हुने उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन आयोगले अन्तिम नामावली सार्वजनिक गरेको हो । निर्वाचन कार्यतालिका भन्दा ढिलागरी सूची सार्वजनिक गरिएको आयोगले जनाएको छ ।महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार मंगलबार दिउँसो ४ बजेदेखि मतदान प्रक्रिया सुरु हुँदैछ । नयाँ नेतृत्वमा निवर्तमान अध्यक्ष केपी […]