बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले अलोकतान्त्रिक ढंगबाट आर्थिक वर्षको बीचमा ऐन विपरित २३ सयवटा टुक्रे योजना ल्याएको बताइन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा पार्टीका तर्फबाट आफ्नो धारणा राख्दै सरकारले स्वेच्छाचारी ढंगबाट काम गरेको उनले बताइन् ।‘रकमान्तर गरेर २३ सय वटा टुक्रे योजना ल्याएर स्वेच्छाचारी काम छ । सरकारले संविधान मान्नुपर्दैन । विधि मान्नुपर्दैन’ उनले भनिन् । ‘१० प्रतिशतभन्दा बढी रकमान्तर गर्न पाइन्न् । यो सरकारको न