महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले उखु क्रसिङ सुरु गरेको छ । शुक्रबारदेखि सञ्चालनमा आएको एभरेष्टले दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ गरी दुई हजार २ सय क्विन्टल चिनी उत्पादन गरेको मिलको प्रशासन शाखाले जनाएको हो ।
उखुको अभावमा सर्लाही र महोत्तरीमा रहेका चिनी उद्योग बन्द हुने अवस्थामा पुगेको छ । आवश्यकता अनुसार उखु उपलब्ध नहुँदा ‘नो क्यान’ चिनी उद्योगहरू बन्द हुन थालेका छन् । सर्लाहीको गोडैतास्थित महालक्ष्मी चिनी उद्योग उखु अभावका कारण बन्द भएको छ । उद्योगमा आएका १२ लाख ३९ हजार क्विन्टल उखु पेलेर उद्योग बन्द गरिएको उद्योगका उखु प्रबन्धक पवन सिंहले बताउनुभयो । “उखु अभाव भएपछि आइतबार रातिदेखि उद्योग बन्द गरिसकेका छौँ,” उखु प्रबन्धक सिंहले भन्नुभयो । यता हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योग पनि ‘नो क्यान’ मा सञ्चालन भइरहेको छ । किसानले उद्योगमा उखु ल्याउन छाडेपछि यस्तो अवस्था आएको हो । चार दिनदेखि उद्योगमा ‘नो क्यान’ सुरु भएको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । “विगत चार दिनदेखि उद्योगलाई चाहिएजति उखु आउन छाडेको छ,” उखु प्रबन्धक रजकले भन्नुभयो, “उखुको अभाव भएपछि उखु क्रसिङ गर्ने दुई वटा मिलमध्ये एउटा ठुलो मिल मात्रै सञ्चालन गरेका छौँ ।” इन्दुशङ्करसँग दैनिक ३५ हजार क्विन्टल र १५ हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता भएका दुई वटा मिल छन् । त्यसमध्ये ३५ हजार क्विन्टल क्षमताको मिल सञ्चालन गरिरहेको उद्योगले जनाएको छ ।
सर्लाही– सर्लाहीमा चिनी मिल सञ्चालकले उखु क्रसिङ थालेका छन् । यहाँका तीनवटा चिनी मिलमध्ये दुईवटाले उखु क्रसिङ सुरु गरेका हुन् । हरिवन नगरपालिका–११ स्थित इन्दुशङ्कर चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग बगदहले चालु यामका लागि उखुको क्रसिङ सुरु गरेका छन् । अन्नपूर्ण चिनी मिल धनकौलले भने अझै उखु क्रसिङ सुरु गरेको छैन । गत मङ्सिर […]
रौतहट । रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सको मेशिन सञ्चालन गर्ने मोटर र केही फलामे सामान चोरी भएको छ । दुई वर्षदेखि बन्द रहेको मिलमा सुरक्षा प्रबन्ध नहुँदा सामान चोरी भएको हो । बन्द मिलको बाहिरी भागको रेखदेखका लागि चौकीदार भए पनि भित्रबाट सामान चोरी भएको छ ।
मिलको फलाम चोरी गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ । मिलका सहायक प्रशासकीय अधिकृत श्याम यादवले प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी कारबाही गरेपछि सामान फेला परेको बताए । मिलको वरपर पर्याप्त घेराबार नभएको र सुरक्षा गार्ड अभावले सामान चोरी भएको उनको भनाइ थियो ।
मिलको पूर्वी भागका घेराबार स्थानीयले भत्काइदिएकाले त्यहीँबाट चोर भित्र पसेको अनुमान गरिएको छ । अहिले ५/६ जना सुरक्षागार्डले मिलको रेखदेख गरिरहे पनि गाउँका मानिस मिलमा पस्ने गरेको बताइएको छ ।
लामो समय बन्द मिलको केही सामान चोरी हुनुका साथै मर्मत र सरसफाइ अभावले अधिकांश मेशिनमा खिया लाग्न थालेको यादवले बताए । मिल बन्द हुनुअगावै २ अर्ब १७ करोड ७५ लाख रुपैयाँ घाटा बेहोरेको मिल प्रशासनले जानकारी दिएको छ । पछिल्लो १० वर्षसम्म लक्ष्यभन्दा कम उखु क्रसिङ गर्न थालेपछि मिलले घाटा बेहोर्नुपरेको थियो । पछि किसानको बक्यौता रकम तिर्न नसकेपछि बन्द भएको उखु उत्पादक संघ रौतहटले बताएको छ ।
श्रीराम सुगर मिल स्थापनाको केही वर्षसम्म मुनाफामा चले पनि १० वर्षयता १५/२० लाख क्विन्टलभन्दा कम उखु क्रसिङ गर्न थालेपछि घाटामा गएको हो । २६ वर्षदेखि सञ्चालनमा रहेको चिनी मिल बन्द हुँदा उखु किसान मर्कामा परेका छन् । अहिले जिल्लामा बाबा वैद्यनाथ चिनी मिल मात्र सञ्चालनमा छ ।
टर्बाइन पड्किएर चिनी मिल बन्द हुँदा उखु क्रसिङ रोकिएको छ । गरुडा नगरपालिका–९ डुमरियास्थित बाबा बैजुनाथ सुगर मिलको टर्बाइन पड्किएको हो । मिल बन्द हुँदा किसानको करिब २ सय ट्र्याक्टर उखु अलपत्र परेको छ । मिल सञ्चालनमा आउने आसमा कठ्यांगि्रँदो चिसोमा किसान उखु कुरेर बसेका छन् ।
रौतहट : रौतहटमा रहेको चिनी मिल बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स प्रालिको टर्बाइनमा विस्फोट हुँदा करोडौंको क्षति भएको छ। कटहरिया नगरपालिका-९ डुमरियास्थित केही दिनअघिमात्र सञ्चालनमा आएको चिनी मिलमा आज अचानक टर्बाइन पडकिँदा मिल बन्द भएको हो।मिल सञ्चालक बैजुनाथ साहका अनुसार उखु क्रसिङ गरिरहेकै वेला अचानक टर्बाइनमा विस्फोट भएको थियो। मिलको मुटु जस्तै टर्बाइन पडकिँदा झन्डै ५ करोड रूपैयाँ बराबरको क्षति भएको उनले बताएका छन्। टर्बाइन विस्फोट भएको कारण प्राविधिकको टोलीले हेरेर बताए
दुई वर्षदेखि बन्द रहेको अन्नपूर्ण चिनी उद्योग सञ्चालन हुने भएको छ । सोमबार बिहान चिनी उद्योग सञ्चालन हुनुपूर्व गरिने डोङ्गा पूजा गरेर उद्योग सञ्चालन गर्ने निश्चित भएको हो । अब एक/दुई दिनभित्रै उखु क्रसिङ सुरु गरिने उद्योगका सञ्चालक शैलेन्द्रकुमार गुप्ताले जानकारी दिए।
किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन नसक्दा यो उद्योग दुई वर्ष सञ्चालनमै आउन सकेको थिएन । यस वर्ष नयाँ उद्योगीले उद्योग खरिद गरेर सञ्चालनमा ल्याएका हुन् । सर्लाहीको धनकौलमा रहेको यो उद्योगले अधिकांश किसानको भुक्तानी गरिसकेको जानकारी दिँदै कसैको भुक्तानी लिन ब...
बुटवल- सरकारले मूल्य निर्धारण नगर्दा उखु किसानले सस्तो मूल्यमा उखु बिक्री गर्न थालेका छन् । उखु क्रसिङ सिजनको एक महिना बित्दासमेत सरकारले मूल्य निर्धारण नगरिदिएपछि चिनी मिल सञ्चालकहरूले तोकेकै मूल्यमा किसानहरुले उखु बेच्न बाध्य भएका हुन् । सरकारले मूल्य निर्धारण नगर्ने हो भने किसानले ठूलो घाटा व्यहोर्न बाध्य हुने उखु उत्पादक कृषक संघ नवलपरासीका अध्यक्ष […]
उखु किसानहरुले उखुको समर्थन मुल्य निर्धारण गर्न सरकारसँग माग गरेका छन् । उखु क्रसिङ सिजन शुरु भइसक्दा पनि सरकारले उखुको मुल्य नतोक्दा किसानहरू घाटा व्यहोर्न बाध्य भएका छन् । किसानहरू उखु क्रसिङका लागि चिनी मिल तथा भेली क्रसर उद्योगमा लगि रहेका छन् । तर मुल्य निर्धारण नभएकै कारण क्रसर संचालकहरु किसानको बाध्यताको फाईदा उठाउँदै सस्तोमा प्रति क्विन्टल ४ सय रुपैंयामा उखु खरिद गरिरहेको उखु उत्पादक कृषक संघका जिल्ला अध्यक्ष उमेशचन्द्र यादवले बताए ।अध्यक्ष यादवका अनुसार यसवर्ष सरकारले उखुको लागत र चिनीक
नवलपरासीको सुस्ता गाउँपालिकामा रहेको बागमती खाडसारी चिनी मिल्सले यस वर्षमा १० लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ गर्ने भएको छ । यस वर्ष उखु उत्पादन बढेपछि अघिल्ला वर्षको भन्दा बढी उखु क्रसिङको तयारी गरेको सो उद्योग सञ्चालक राम थापाले जानकारी दिनुभयो । नवलपरासी जिल्लामा सञ्चालित लुम्बिनी चिनी उद्योग, इन्दिरा चिनी मिल र बागमती खाडसारी चिनी उद्योग गरी तीनवटा चिनी उद्योग सञ्चालनमा छन् । यी तीन उद्योगमध्ये बागमती चिनी उद्योगले सबभन्दा बढी उखु क्रसिङ गर्ने भएको हो ।