सुर्खेतको पञ्चपुरी–३ को वडाध्यक्षमा गोलाप्रथा, काँग्रेसका बलबहादुर रोकाया विजयी

सुर्खेतको पञ्चपुरी–३ को वडाअध्यक्षमा शीर्ष दुई उम्मेदवारले बराबर मत पाएपछि गोलाप्रथाबाट विजेता चयन गरिएको छ । पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार चन्द्रवीर रावत र नेपाली काँग्रेसका उम्मेदवार बलबहादुर रोकायाले समान ६७३ मत पाएका हुन् ।गोला प्रथाका लागि लामो समयसम्म दुवै उम्मेदवारले सहमति नजुटाएका कारण विजेता घोषणा गर्न ढिलाइ भएको थियो । निर्वाचन अधिकृत नवीनकुमार भट्टका अनुसार अन्ततः गोलाप्रथाबाटै विजेता चयन गरिएको हो ।गोला प्रथामा काँग्रेसका बलबहादुर रोकाया विजय

सम्बन्धित सामग्री

सोलुखुम्बुमा कांग्रेसका बलबहादुर पराजित, एमालेका मानवीर राई विजयी

काठमाडौं, ८ मंसिर । सोलुखुम्बुमा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का उम्मेदवार मानवीर राई निर्वाचित भएका छन् । उनले कांग्रेसका बलबहादुर केसीलाई २७७९ मतान्तरले पराजित गरेका हुन् । राईले १९३२४ मत ल्याएका छन् । उनीसँग पराजित केसीले १६५४५ मत पाए । केसीलाई सत्ता गठबन्धनको साथ थियो ।

सोलुखुम्बुबाट नेकपा एमालेका मानवीर राई विजयी

सोलुखुम्बु । सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार मानवीर राई विजयी भएका छन् । उनले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरे । राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत पाए । तीन पटक मन्त्री भइसकेका केसीले गठबन्धनको बलमा चुनाव जित्ने धेरैको अनुमानविपरीत एमाले […]

बलबहादुर केसी : सातौं स्पर्धामा पाँचौं जित निकाल्न गठबन्धनको साथ

काठमाडौंमा बसेर सधैं सोलुखुम्बुबाट निर्वाचन लड्ने केसी यस पटक जिल्लाको चुनावी सभाहरूमा भनिरहेका छन्, ‘अब म प्रधानमन्त्री बन्न मात्र बाँकी छ । चुनावपछि मन्त्री त बन्छु नै ।’

सोलुखुम्बुमा मेरो विजयी निर्विरोध जस्तै छ : बलबहादुर केसी

सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कांग्रेस नेता बलबहादुर केसी आफू निर्वाचित हुने दाबी

मेरो विजयी निर्विरोधजस्तै छ : कांग्रेस नेता बलबहादुर केसी

काठमाडौँ – सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कांग्रेस नेता बलबहादुर केसी आफू निर्वाचित हुने दाबी गर्छन्। पूर्वमन्त्रीसमेत रहेका उनले आफूले स्थानीयदेखि संघीय सरकारसँग पहुँच राख्न सक्ने र यसअघिका आफ्नो कार्यलाई हेरेर जनताले आफूलाई निर्वाचित गराउने दाबी गर्छन्। सोलुमा आफूलाई ‘विकास बहादुर’ले चिनिने बताएका उनले सोलुको विकासका लागि काम गर्दै आएकाले यसलाई निरन्तरता दिन पनि आफू […]

सल्यानको  दार्मा गाउँपालिका १ मा माओवादी विजयी

सल्यान : सल्यानको दार्मा गाउँपालिका वडा न १ मा नेपाली काङ्ग्रेसका उम्मेदवार कृष्ण वलीलाई ३१ मतले पछि पार्दै माओवादी केन्द्रका उम्मेदवार टंक वलि विजयी भएका छन्।माओवादी केन्द्रका टंक वलीले ५ सय २९ प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका उम्मेदवार कृष्ण वलीले ४९८ मत प्राप्त  गरेका छन्। नेकपा एमालेका उम्मेदवार बलबहादुर वलीले १०६ मत प्राप्त गरेका छन्।

दैलेखको महाबु १ मा एमालेका सार्की विजयी

दैलेख : दैलेखको महावु गाउँपालिका १ को वडा अध्यक्षमा एमालेका सर्वराज सार्की विजयी भएका छन्। उनले ६९२ मत ल्याएर विजयी भएका हुन्। नेपाली काँग्रेसका सूर्यराम सावदले ६३६, नेकपा माओवादी केन्द्रका दलबहादुर सुनारले ४४ र राप्रपाका गगनबहादुर थापाले ११ मत ल्याएर पराजित भएका छन्।खुला वडा सदस्यमा एमालेका जयबहादुर गुरुङले ७२३, बलबहादुर बयकले ७०९ मत ल्याएर विजयी भएका छन्। महिला सदस्यमा एमालेका सरस्वती रोकाय ७२५ र दलित महिला सदस्यमा एमालेकै हरिकला सुनारले ७१४ मत ल्याएर विजयी भएका छन्।महावु गाउँपालिकाको अध्

एमाले जिल्ला अधिवेशनः कर्णालीमा कतै चुनाव, कतै सर्वसम्मत

उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली विजयी भएका छन्। विजयी पदाधिकारी सवै विसी प्यानलका हुन्।...

भीम रावलको गृहजिल्लामा ओली पक्षका बोहरा विजयी

धनगढी : नेकपा एमाले अछामको अध्यक्षमा चन्द्रबहादुर बोहरा विजयी भएका छन्। ४३१ मत ल्याएर केपी शर्मा ओली पक्षका बोहरा अध्यक्षमा वियजी भएका हुन्।अध्यक्षका प्रतिस्पर्धी भीम रावल पक्षका उम्मेदवार प्रकाशबहादुर शाहलाई एकसय २५ मतले पछि पार्दै बोहरा अध्यक्षमा विजयी भएको निर्वाचन समितिले जनाएको छ।समितिका अनुसार ७५० मत खसेकोमा शाहले ३०७ मत ल्याए। ओली र रावल पक्ष प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका थिए। यस्तै उपाध्यक्षमा शाह प्यानलका उपाध्यक्ष बलबहादुर कुँवरले तीनसय ६ मत ल्याएर विजयी भएका छ