धनगढी : नेकपा एमाले अछामको अध्यक्षमा चन्द्रबहादुर बोहरा विजयी भएका छन्। ४३१ मत ल्याएर केपी शर्मा ओली पक्षका बोहरा अध्यक्षमा वियजी भएका हुन्।अध्यक्षका प्रतिस्पर्धी भीम रावल पक्षका उम्मेदवार प्रकाशबहादुर शाहलाई एकसय २५ मतले पछि पार्दै बोहरा अध्यक्षमा विजयी भएको निर्वाचन समितिले जनाएको छ।समितिका अनुसार ७५० मत खसेकोमा शाहले ३०७ मत ल्याए। ओली र रावल पक्ष प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका थिए। यस्तै उपाध्यक्षमा शाह प्यानलका उपाध्यक्ष बलबहादुर कुँवरले तीनसय ६ मत ल्याएर विजयी भएका छ