दैलेख : दैलेखको महावु गाउँपालिका १ को वडा अध्यक्षमा एमालेका सर्वराज सार्की विजयी भएका छन्। उनले ६९२ मत ल्याएर विजयी भएका हुन्। नेपाली काँग्रेसका सूर्यराम सावदले ६३६, नेकपा माओवादी केन्द्रका दलबहादुर सुनारले ४४ र राप्रपाका गगनबहादुर थापाले ११ मत ल्याएर पराजित भएका छन्।खुला वडा सदस्यमा एमालेका जयबहादुर गुरुङले ७२३, बलबहादुर बयकले ७०९ मत ल्याएर विजयी भएका छन्। महिला सदस्यमा एमालेका सरस्वती रोकाय ७२५ र दलित महिला सदस्यमा एमालेकै हरिकला सुनारले ७१४ मत ल्याएर विजयी भएका छन्।महावु गाउँपालिकाको अध्