इटहरी द्वन्द्वप्रभावित तथा पीडितहरूको मुकामजस्तै भएकोले यहाँ माओवादीको जनमत राम्रो नभएको स्थानीय राजनीतिलाई नजिकबाट नियाल्नेको विश्लेषण छ । स्थानीय चुनाव २०७४ मा इटहरीमा जम्माजम्मी वडा नम्बर १० मा एक सदस्य माओवादीले जितेको थियो । पछि उनी पनि एमाले प्रवेश गरे । त्यसताका माओवादी मेयर उम्मेदवारको मतलाई उछिन्दै राप्रपा तेस्रो भएको थियो । भर्खरैको स्थानीय चुनावमा पाँचदलीय गठबन्धन हुँदा वडा नम्बर १० र १८ अध्यक्ष टिकट पाएको माओवादीले त्यो पनि गुमायो ।